Comments Add Comment

एथ्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

griezmann२२ वैशाख, काठमाडौं । अवे गोलका आधारमा बार्यन म्यूनिखलाई पराजित गर्दै स्पेनिस टोली एथ्लेटिको म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

जर्मन च्याम्पियन बार्यन म्युनिखको घरेलु मैदान एलियाञ्ज एरिनामा गएराति सम्पन्न दोस्रो लेगमा दुई एक गोलले पराजित भएपनि एथ्लेटिकोले फाइनलमा स्थान बनाएको हो । गत साता घरेलु मैद्यानमा सम्पन्न खेलमा एथ्लेटिकोले बार्यनलाई एक शून्य गोलले पराजित गरेको थियो ।

समग्रमा २-२ गोलको बराबरी भएपनि एथ्लेटिकोले अवे गोलका आधारमा फाइनलमा स्थान बनाएको हो । खेलको ५३औं मिनेटमा ग्रिजम्यानले गरेको गोल नै एथ्लेटिकोलाई फाइनलमा पुर्‍याउन पर्याप्त बन्यो । यसअघि खेलको ३१ औं मिनेटमा जाभी अलन्सोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा रोवर्ट लेभाण्डोस्कीले टोलीलाई दुई एक गोलको जित दिलाएपनि फाइनलमा पुग्न पर्याप्त भएन ।

खेलमा बार्यनका थोमस मुलरले ३४औं मिनेटमा र एथ्लेटिकोमा फर्नाण्डो टोरेसले ८४औं मिनेटमा पाएको पेनाल्टी अवसरमा चुकेका थिए ।

एथ्लेटिको पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा छ ।  आगामी २९ मे मा हुने फाइनलमा एथ्लेटिकोले घरेलु प्रतिद्धन्दी रियल म्याडि्रड र इंग्लिस महारथी म्यान्चेस्टर सिटीबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

म्याड्रिड र सिटीबीचको सेमिफाइनल दोस्रो लेग आज राति हुँदैछ । यसअघि गत साता भएको पहिलो लेगमा इथिहाड रंगशालामा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा हुने दोस्रो लेगको खेल नेपाली समयअनुसार आज राति साँढे १२ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment