Comments Add Comment

सौगात, दयाहाङ र अर्पण फेरि एकसाथ, ‘लप्पन-छप्पन’ छायांकन सुरु

daya barsha and saugat
हाँस्य कलाकार दीपाश्री निरौलाले नपाएको नाम हो, ‘लप्पन-छप्पन’ । यो नाम लिएर बेल्जियममा छायांकन सुरु गरिएको छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा मल्टिप्लेक्स पर्दामा रुचाइएका ३ पात्र एकसाथ देखिनेछन् । चलचित्रको छायांकन बेल्जियममा सुरु भएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा छन् । यी तिनै जना बेल्जियम छायांकनमा पुग्नेछन् । चलचित्र ‘मुखौटा’मा यी ३ पात्रलाई एकसाथ देखिएको थियो, तर चलचित्र चलेन । सौगात र दयाहाङ भने धेरैजसो चलचित्रमा एकसाथ देखिएका छन् ।

बर्षा सिवाकोटी नायिकाको रुपमा रहनेछिन् । करिब एक महिना यूरोपमा यो चलचित्र खिचिनेछ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment