Comments Add Comment

५ वर्षकी बालिकामा कलेजो प्रत्यारोपण, जटिल शल्यक्रियापछि डाक्टरले दिए नयाँ जीवन

child
५ वर्षकी परिधि नामकी बालिकालाई उनका आमाबुवाले बाँच्ने आश मारिसकेका थिए । तर चिकित्सा विज्ञानको चमत्कारले परिधिलाई नयाँ जिवन दिलाएको छ । भारतको मेदान्त अस्पतालमा हालै ३२ जना डाक्टरहरुको एक टोलीले सफल शल्यक्रियापछि ती बालिकाको जिवन बचाउन सफल भएका छन् ।

परिधिका आमाबुवाले छोरी बाँच्ने आश राखुन् पनि कसरी । उनको कलेजो फेल भएसँगै दुबै फेाक्सोले पनि लगभग पूरै काम गर्न छाडिसकेका थिए । मेडिकल साइन्सको चमत्कारसँगै मृत्युशैयामा पुगिसकेकी बालिकाले नयाँ जिवन मात्र पाइनन् उजाडिइसकेको एक परिवार पनि हराभरा बन्यो ।

डाक्टरहरुका अनुसार यस्तो प्रकारको उपचार भारतमा पहिलोपटक सफल भएको छ । कलेजो कामै नलाग्ने गरी फेल भैसकेकी आफ्नी छोरी परिधिका लागि उनकी आमाले आफ्नो कलेजोको २० प्रतिशत भाग दान दिइन् । सो कलेजो परिधिमा प्रत्यारोपण गरियो ।

जन्मिँदै बिरामी रहेका परिधिको सरीरमा पित्त थैली पनि थिएन । यसकारण कलेजोमा हानिकारक पदार्थहरु जम्मा हुँदै गए र अन्ततः कलेजोमा संक्रमण भएर कलेजो फेल भयो ।

यतिमात्र होइन कलेजो खराब भएसँगै संक्रमण फोक्सोसम्मै पुगेको थियो । फोक्सोमा रगत शुद्धिकरण गर्न ल्याउने रक्तनली नै टुटिसकेको थियो । जसका कारण अशुद्ध रगत सरीरभर फैलिसकेको थियो । सरीरमा अक्सिजनको निकै कमी भयो । यति मात्र होइन उनको मस्तिष्कमा समेत एउटा सिस्ट थियो ।

पहिले नै मुटुको नशा त चुडिइसकेको थियो र फोक्सोले रगत सफा गर्न पाइरहेको थिएन । सरीरमा ५० प्रतिशत अशुद्ध तथा अक्सिजन विनाको रगत पुगिसकेकेा थियो । यावत् रोगले गर्दा बालिका चल्न पनि नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । उनी लगातार बेहोस् हुन्थिन् र बोल्न पनि सक्दिनथिन् । उनको सरीर नै निलो बनिसकेको थियो र हडडीपनि निकै कमजोर बनिसकेका थिए ।

यी लगायतका धेरै जटिलताका बीच डाक्टरहरुलाई ती बालिकाको ज्यान बचाउनु निकै ठूलो चुनौति थियो । अन्ततः ३० जना डाक्टरहरुकेा एक टोलीले कठीन शल्यक्रिया तथा उपचार सुरु गर्यो । शल्यक्रियाका दौरान हर प्रकारको सावधानी अपनाउँदै बालिकाको उपचार गरियो । रक्तचाप नघटोस् भन्ने कुरा ध्यान दिँदै विशेष उपकरणको प्रयोग गरी जिरो ब्लड सर्जरी गरियो । शत प्रतिशत अक्सिजन सपोर्टमा उनलाई राखिएको थियो । अन्ततः उनका सबै संक्रमित अंगहरुको शल्यक्रिया सफल भयो र कलेजोको प्रत्यारोपण पनि सफलतापूर्वक भयो । उनलाई पूरै एक महिनासम्मै भेन्टिलेटरमा राखिएको थियो ।

अहिले ती बालिका पूरै स्वस्थ भैसकेकी छिन् । सामान्य जिवनमा फर्केकी छोरी देख्दा बाबुआमा पनि दंग छन् । लगभग मृत्युको मुखमै पुगिसकेकी बालिकालाई डाक्टरहरुले नयाँ जिवन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment