Comments Add Comment

महराको प्रश्न-ओलीकै सरकारमा हामी जेल जानुपर्ने ?

२२ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टी अध्यक्ष प्रचण्डसहितका नेता र कार्यकर्ताहरुलाई द्वन्द्वकालीन मुद्दामा जेल हाल्ने षडयन्त्र भइरहेको भन्दै आपत्ती जनाएका छन् ।

krishna-bahadur-Maharaसंसदको बुधबारको बैठकमा यसबारे सरकारलाई प्रश्न गर्दै महराले भने, ‘प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा हामी जेल जानुपर्ने हो ?’

उनले वर्तमान सरकारले द्वन्द्वकालीन मुद्दा व्युँताउने काम गरिरहेको भन्दै आपत्ती जनाए । ‘नेताहरुलाई जेल हाल्नुपर्छ भन्ने अभिव्यक्तिहरु आउन थालेका छन् । यस्ता कुराले मुलुक अघि बढ्दैन,’ महराले भने ।

एकीकृत नेकपा माओवादीले वर्तमान सरकारले शान्तिप्रक्रियाको काम पूरा गर्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । एमाओवादीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतीय सरकार गठनको निर्णय गरेको छ ।

वर्तमान सरकारले राष्ट्रिय स्वाधिनताको पक्षमा दह्रो खुट्टा टेकेको भन्दै महासचिव महराले प्रशंसा गरे । तर, जनअपेक्षाअनुसारको काम भने गर्न नसकेको भनेर उनले आलोचना पनि गरे ।

नयाँ संविधान कार्यान्वयन नभएको, भूकम्पपछिको पुनर्निर्माणको काम प्रभावकारी नभएको, सरकारको काम कारबाही फितलो देखिएको र नागरिकता लगायत मधेसका समस्या अझै समाधान हुन नसकेको भन्दै महराले असन्तुष्टि जनाए ।

उनले देशलाई निकास दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment