Comments Add Comment

देशभर बदली र वर्षा, शुक्रबारसम्म मौसम गडबड हुने

अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित

Rain

२२ वैशाख, काठमाडौं । पश्चिमी वायूको प्रभावका कारण देशभर बुधबार काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ भने थुप्रै स्थानमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म मौसम गडबड रहने छ ।

बुधबार दिनभरी देशका पहाडी क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षात् भएको महाशाखाले जनाएको छ । राजधानी काठमाडौंमा विहानदेखि नै धुम्म बादल लागेर हावा चलिरहेको छ भने छिटफुट वर्षा पनि भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ । मौसम बदलीका कारण केहीबेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण अबरुद्ध भएको थियो ।

महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार ‘प्रि-मनसुन पिरियड’ सक्रिय भएकाले गर्दा मौसममा उतारचढाव आएको हो । अहिले पश्चिममा पश्चिमी वायू सक्रिय भएको र मध्येमा पनि स्थानीय वायूको प्रभाव रहेको उनले बताए । यसैगरी पूर्वमा स्थानीय निम्नचापिय क्षेत्रको विकास भएको उनले जानकारी दिए ।

‘सुदूरपश्चिमको पहाडी क्षेत्रहरुबाहेक देशका अधिकांस ठाउँमा आज बदली भएको छ र पहाडी क्षेत्रहरुमा सामान्य वर्षात पनि भएको छ,’ अर्यालले भने । अहिलेको वर्षातले ठूलो रुप नलिए पनि मौसममा सुधार हुन केही दिन लाग्ने उनले बताए ।

‘भोलि बिहान मौसम सफा हुन्छ, तर दिउँसोबाट फेरि बदली सुरु हुन्छ,’ अर्याल भन्छन्, ‘यो क्रम शुक्रबारसम्म रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment