Comments Add Comment

अनेरास्ववियुद्वारा विद्यार्थी मैत्री बजेट माग

Yubaraj-Khatiwata-and-Nabina-Lama

२२ वैशाख, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीमैत्री बजेटको व्यवस्था गर्न माग गरेको छ । साथै उसले शैक्षिक प्रमाणपत्रका आधारमा ऋणको व्यवस्था गरिदिन पनि माग गरेको छ ।

अनेरास्ववियुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडालाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै आफ्ना माग सम्बोधनका लागि आग्रह गरेको हो ।

विद्यार्थीलाई शैक्षिक योग्यताका आधारमा ऋण र विद्यार्थी मैत्री बजेटको व्यवस्थाका लागि ध्यानाकर्षणपत्र बुझाइएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार प्रवीणता प्रमाणपत्र उत्तीर्णलाई पाँच लाख, स्नातक तह उत्तीर्णलाई सात लाख र स्नातकोत्तर तह उत्तीर्णलाई दश लाख रुपैयाँ ऋण दिनुपर्ने माग गरिएको छ ।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष डा. खतिवडाले सक्दो सहयोग गर्ने बचन दिएको लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment