Comments Add Comment

परिणिति भन्छिन्- फिल्म तौलले होइन प्रतिभाले मिल्छ

paranitiबलिउड अभिनेत्री परिणिति चोपडाले फिल्म शरीरको तौलका आधारमा नभएर प्रतिभाको आधारमा मिल्ने बताएकी छिन् ।

सन् २०११ मा प्रदर्शन भएको फिल्म लेडीज भर्सेज रिक्कीबाट बलिडमा प्रवेश गरेकी परिणितिको सन् २०१४ मा दावते इश्क रिलीज भएको थियो ।

तर, उनले पछिल्ला फिल्महरुबाट ठूलो प्रसंसा बटुल्न सकिनन् । उनले पछिल्लो पटक अभियान गरेको फिल्म दावते इश्कले बलिउडमा खासै कमाल पनि देखाउन सकेन । उनी फेरि इन्डष्ट्रीमा ‘कमब्याक’ गर्ने तयारीमा छिन् ।

कुनैबेलामा उनको बढ्दो वजनका कारण निकै आलोचना हुने गरेको थियो । तर, परिणितिले आफ्नो वजनबारे हुने टिप्पणीलाई चिर्दै फिगर मेन्टेन गर्दै लगेकी छिन् । परीणीति यसका लागि ठूलो प्रयास र मेहनत गर्नुपरेको बताउँछिन् ।

उनले भनिन्-‘जसलाई खाउन-पिउन बढी शोक छ, उसैका लागि यो त्यति सहज छैन ।’ उनी सुरुवाती दिनमा आफु डाइटिङमा रहँदा जतिबेलामा पनि खानेकुराको बारेमा सोच्ने गरेको बताउँछिन् ।

‘म पहिले भन्दा खानेकुराका विषयमा एकदमै सचेत भएकी छु । पहिले भन्दा अहिले निकै आफुलाई स्वस्थ पनि महसुश गर्छु,’ उनले थपिन् ।

पछिल्लोपटक आफुले कुरिरहेको जस्तै चलचित्र हात पारेको उनको भनइ छ । यो फिल्म निर्माणको औपचारिक घोषणा आउने हप्ता हुँदैछ ।

‘फिल्म र शरीको वजनको ठूलो सम्बन्ध छैन । कलाकारले फिल्म वजनले हैन ट्यालेन्टले पाउने हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment