Comments Add Comment

हतियार र लागु औषधसहित ३ पक्राउ

नारायण श्रेष्ठ, रामचन्द्र थापा र दिपक सापकोटा । बायाँबाट क्रमश
नारायण श्रेष्ठ, रामचन्द्र थापा र दिपक सापकोटा (बायाँबाट क्रमश:) ।

२२ वैशाख, काठमाडौं । हतियार र लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिगत केहि दिनदेखि काठमाण्डौ उपत्यकामा हातहतियारको कारोबार गर्ने गिरोह रहेको भन्ने गोप्य सूचनाका आधारमा  अपराध महाशाखाबाट परिचालित विशेष टोलीले टेकुबाट सानेपा  तर्फ जाने पुल नजिकबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङको शनिश्चरे ३ घर भइ हाल ललितपुरको बालकुमारी बस्ने ३१ वर्षीय नारायण श्रेष्ठ, मकवानपुरको हेटौडा-२ घर भइ सर्लाहीको लालबन्दी बस्ने ४५ वर्षीय रामचन्द्र थापा र ललितपुरको मनिखेल घर भइ हाल भक्तपुरको सानोठिमी बस्ने ३९ वर्षीय दिपक सापकोटा छन् ।

श्रेष्ठ २०६१ मा सशस्त्र प्रहरी जवानको भगौडा हुन् । उनले चितवन जिल्लामा सार्बजनिक अपराधमा समेत सजाय पाएको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ ।

हतियार बेच्ने योजना बनाइ सानेपाबाट छाउनी तर्फ गइरहेको अबस्थामा थापालाई हतियारसहित पक्राउ गरी अनुसन्धान गर्दा सापकोटा र श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सापकोटा २०६२ सालमा मिना नेपालीको हत्यामा १० बर्ष कैद भुक्तान गरी मिति २०७२ कात्तिक ५ गते रामेछाप जिल्ला कारागारबाट छुटेका थिए ।

यसैगरी थापा डाँका चोरी मुद्दामा ६ बर्ष कैद भुक्तान गरी मिति ०७ २ कात्तिक ५ गते चितवन जिल्ला कारागारबाट छुटेका थिए ।

उनीहरूको साथबाट २ थान पेस्तोल र लागुऔषध लोरजेपाम तीन सय ट्याब्लेट बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment