Comments Add Comment

प्रचण्ड पदको लोभमा परेको कमल थापाको आरोप, सरकार फेर्ने निर्णय पुनर्विचार गर्न आग्रह

Kamal-Thapa
२२ वैशाख, हेटौडा । सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले एमाओवादी अध्यक्ष प्रचण्डलाई पदको लोभमा परेर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने काम नगर्न सुझाव दिएका छन् ।

उपप्रधानमन्त्री थापाले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकार फेर्ने आफ्नो निर्णयमा पुनर्विचार गर्न समेत आग्रह गरेका छन् ।

गृह जिल्ला हेटौंमा रहेका मन्त्री थापाले मिडिया नेपालका सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको अपीललाई ‘अप्रत्याशित एवं अनुपयुक्त’ बताएका छन् ।

पदको लोभमा परेर राष्ट्रिय स्वाधीनतामा आँच आउने काम गर्नुहुँदैन भन्दै मन्त्री थापाले राजनीतिक स्थायित्व शान्ति र आर्थिक सम्वृद्धिको दिशामा अघि बढ्नुपर्ने बताए ।

सत्ताको यस्तो फोहोरी खेलले राजनीतिक अस्थिरता निम्तिने भन्दै थापाले एमाओवादीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।

सरकारका संलग्न सहयात्री दलहरु एकै ठाउँमा रहनुपर्ने भन्दै मन्त्री थापाले राष्ट्रवादी शक्तिलाई समेत एकै ठाउँमा ल्याउन भूमिका खेलेका प्रचण्डले निर्णय सच्याउनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको औपचारिक निर्णय

प्रचण्डले सरकार फेर्ने कि आफैंलाई ऐनामा हेर्ने ?

प्रधानमन्त्रीका सल्लाहकारको प्रश्नः प्रचण्डलाई रातारात के भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment