Comments Add Comment

अनमोल विना नै घोषणा भयो ‘ग्याङस्टार ब्लूज’, आशिरमान र आनाको जोडी

aashirman and aana
नायक अनमोल केसीले अभिनय गर्ने भनेर चर्चामा आएको चलचित्र ‘ग्याङस्टार ब्लूज’को औपचारिक घोषणा गरिएको छ । तर, यो चलचित्रमा नायक केसी हुने छैनन् । चलचित्र ‘सायद २’मा काम गर्ने भनिएतापनि पछि परिक्षा परेको भन्दै बाहिरिएका आशिरमान देशराज श्रेष्ठ चलचित्रका मुख्य कलाकार भएका छन् । उनलाई ‘जेरी’ नायिका आना शर्माले साथ दिनेछिन् । साथमा गौरव पहारी चलचित्रका मुख्य कलाकार हुन् ।gyanstar blus team

चलचित्रको छायांकन माघ महिनाबाट सुरु हुनेछ । सरोज न्यौपानेको निर्माणमा बन्ने यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गर्दैछन् । ग्याङस्टार बन्न चाहने यूवाको कथामा यो चलचित्र बन्नेछ । आशिरमानले आफू कलेजको यूवाको भूमिकामा देखिन लागेको बताए । चलचित्रको घोषणा चाडो गर्नुको बारे बताउ“दै निर्देशक वीसीले कलाकारलाई होमवर्क गर्न समय लाग्ने बताए ।
उनले अनमोलको डेट नमिलेको कारण काम गर्न नसकिएको जानकारी दिए ।

तस्बिर : कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment