Comments Add Comment

आपूर्ति पूर्वाधारलाई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राख्नुपर्छ : मन्त्री पुन

aapurti२२ वैशाख, काठमाडौं । आपूर्ति मन्त्री गणेश बहादुर पुनले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन आपूर्तिको पूर्वाधार निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजना अन्र्तगत राखिनुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफकमर्सद्वारा बुधबार आयोजित आपूर्ति व्यवस्थाका चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा आपूर्त मन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रमलाई सम्वोधनगर्दै मन्त्रीपुनले सरकारले आपुर्ति कार्यलाई प्राथमिकतामा राखीकार्य अगाडि बढाएकोले आपूर्ति कार्य व्यवस्थित र बैज्ञानिक भएर जाने विश्वास व्यक्त गरे । उनले आपूर्ति नीति २०६९ कार्यान्वयनको लागि गृहकार्य भईरहेको जानकारी गराउंदै इन्धनलगायतको अतिआवश्यकीय बस्तुको भण्डारणलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

मन्त्री पुनले सिमित स्रोत र साधानको अधिकतम उपभोग गर्दै बजार अनुगमन कार्यलाई सरकार, निजी क्षेत्र र उपभोक्ता मञ्चबीच समन्वय गर्न आफू अधिकतम प्रयासरत रहने जानकारी गराए ।

छलफलमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आपूर्ति कार्यलाई प्रभावकारी बनाउन सरकारले पर्याप्त मात्रम ाध्यान पुर्‍याउनु पर्ने बताए । उनले गत बैशाख महिनामा गएको भुकम्प र नाकाबन्दीले आपूर्ति कार्य थप प्रभावित भएको बताए ।

इन्धनलगायत अतिआवशयकीय बस्तुहरुको आपूर्ति व्यवस्थामा देखिएका समस्या र समाधानका विषयमा सम्बन्धीत सराकारवालाहरु बीच अन्तरक्रिया गराई ठोस निष्कर्ष निकाल्ने उद्देशयले कार्यक्रम आयोजना गरिएको बताउंदै चेम्वरले यस अघिनै सरोकारवालाई दिदैं आएको सुझाव कार्यान्वयन भएमात्र पनि आपूर्ति व्यवस्था सहजहुन मद्दत पुग्नजाने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले आपूर्ति नीति २०६९ कार्यान्वयन गर्न आपूर्ति मन्त्रालयले विशेष चासो दिनु पर्ने बताउंदै आर्थिक ऐनहरु पारित हुननसक्नुनै विद्यमान समस्याको कारण रहेको बताए ।

आपूर्ति सचिव श्रीधर सापकोटाले यसअघि आपूर्ति कार्य सरकारको प्राथमिकतामा नपरेकै कारण आवश्यक नीति नियम बन्नन सकेको बताउंदै आपूर्ति कार्यलाई प्रभावकारी बनाउन सरकार र नीजि क्षेत्रबीचको सहकार्य आवश्यक रहेकेा बताए ।

नेपाल आयल निगम महाप्रबन्धक गोपालबहादुर खड्काले मागअनुसार इन्धनको आपूर्ति भइरहेको बताउंदै संचयगर्ने प्रवृत्तिले बजारमा अझै इन्धनको आपूर्तिमा समस्या रहेको बताए । उनले आयल निगमको भण्डार क्षमतालाई अभिवृद्धि गर्नु पर्ने बताउंदै सरल तथा सहज आपूर्तिको लागि भारतको पारादिपबाट इन्धन आयात गर्ने तयारी भईरहेकोसमेत जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले इन्धनको माग बमोजिम आयात नभएकोले बजारमा आपूर्ति व्यवस्थामा समस्या देखिएको बताएका थिए । कार्यक्रममा चेम्वरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिव निलकण्ठ चौलागाई, देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे, पर्शुराम दाहाल, सहकोषाध्यक्ष राजारत्न तुलाधर, कार्यसमिति सदस्यहरु तथा चेम्वरका सम्वद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment