Comments Add Comment

कतारले नेपाललाई दियो सुविधासम्पन्न ९ मर्सिडिज गाडी

marcides-benz
२२ वैशाख, काठमाडौं । कतार सरकारले सहयोगस्वरुप नेपाललाई ९ वटा सुविधासम्पन्न मर्सिडिज गाडी हस्तान्तरण गरेको छ । ८ वटा मर्सिडिज इ-बेञ्ज र एउटा बेञ्ज जीप कतारले प्रदान गरेको हो ।

अब विभिन्न मुलुक तथा संगठनबाट आउने विशिष्ठ अधिकारी र पाहुना नेपाल भ्रमणमा आउँदा सुविधासम्पन्न गाडी भाडामा ल्याउनपर्ने बाध्यता हटेको छ । परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि कतारी राजदूतले नेपाललाई गाडीका चाबी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई हस्तान्तरण गरे ।

काठमाडौंमा यसअघि भएको सार्क शिखर सम्मेलनको अन्तिम समयमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरुको आवत-जावतका लागि भारतबाट भाडामा सुविधासम्पन्न  गाडी ल्याईएको थियो ।

त्यसपछि सरकारले सुरक्षित तथा सुविधायुक्त गाडी किन्ने वा सहयोग माग्ने विकल्प अघि सारेको थियो । परराष्ट्रले गाडीका लागि गरेको सहयोगका लागि विभिन्न देशँग गरेको प्रस्तावमा कतारले अनुदानमा उपलब्ध गराउने आश्वाशन दिएको थियो ।

marcides-benz-zeep
अब यी गाडीहरु नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनहरुमा आउने बिशिष्ठ पाहुनाहरुका लागि प्रयोग गरिने मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

नेपालमा केही समयपछि हुने बिमस्टेक शिखर सम्मेलन र सार्कस्तरीय बैठकमा यी गाडीहरु प्रयोग गरिने उनले बताए । ‘प्राविधिक रुपमा चुस्त राखेर यी गाडी विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुख र विशिष्ठ पाहुना आएका बेलामा मात्रै चलाइनेछ,’ उनले भने-‘अब भाडामा गाडी खोज्न हिँड्नु पर्दैन ।’

कतारले दिएका गाडी कति मूल्य बराबरको हो भन्नेबारे मन्त्रालयले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment