Comments Add Comment

पाकिस्तानमा ११ जनालाई फाँसी

२२ वैशाख, काठमाडौं । पाकिस्तानको विशेष सैन्य अदालतले ११ जनालाई फाँसीको सजायँ सुनाएको छ । सर्बसाधारण र सुरक्षाकर्मीको हत्या, अपहरण तथा भौतिक संरचनामा क्षति पुर्‍याएको अभियोग लागेकाहरुलाई यो सजायँ सुनाइएको हो ।

Fasi,-Hangसैन्य अदालतले फाँसीको सजायँ पाउनेहरु सबै आतंकवादी र पाकिस्तानी तालिवानका सदस्य भएको जनाएको छ ।

सन् २०१४ डिसेम्बरमा पेशाबरको एक सैनिक विद्यालयमा हमला भएपछि सैन्य अदालत गठन गरिएको थियो । त्यतिबेला फाँसीको सजायँमा लगाइएको रोक पनि उक्त घटनापछि व्युँताइएको थियो ।

पछिल्लो समय पाकिस्तानमा तीन सय भन्दा बढीलाई फाँसी दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment