Comments Add Comment

अष्ट्रेलियामा नेपालीसँगै ठोक्किदा कोरियन र चाइनिज बने ‘तक्मे बुढा’

takme budaहँसाउन त सबैले हँसाउछन तर आफ्ना प्रस्तुतिमा नौलो छनक दिन सक्नु र कुनै पनि प्रस्तुति मेल नखानु हाँस्य कलाकार विल्सन विक्रम राई ( तक्मे बूढा ) को क्षमता ,दक्षता र शैली हो -‘ मलाई लाग्छ यही भएर पनि होला म टिकेको , नत्र यहाँ हँसाएर टिक्न सजिलो छैन -‘ सिड्नीमा भेटिएका राईले भने ।

उनि दुई हप्ता अगाडि मात्र आफूले बनाएको चलचित्र रातो घरलाई अष्ट्रेलिया निबासी नेपालीहरूलाई देखाउन सिड्नी आईपुगेका छन र अझै दुई हप्ता यतै रहने छन्  । कलाकारिता यात्रा त उनको लामै हो । तर बिल्सनलाई मेरी बास्सैले चिनायो । संघर्ष , त्याग र मिहेनतको त कुरै नगरौ कति कति ? पुरानो कुरा संम्झदा अहिले पनि उनको आँखा रसाउँछ ‘- फेरि दर्शकहरूको माया र साथ सम्झे पछी उर्जा र जोश थपिन्छ -उनले भने । सिड्नीको ब्यस्त शहर टाउन हल नजिकैको कफी शपमा बसेर कुराकानी गरिरहँदा बिल्सनले यसपटकको अष्ट्रेलिया आगमन पहिलाको भन्दा फरक भएको कुरा बताए ।  उनले भने -‘ पहिला म अरूको कार्यक्रममा आउथेँ तर यस पटक आफ्नैमा आएको छु । आफ्नै फिल्म लिएर अाएकाे छु ।

बिल्सन जसरी तुक दिएर हँसाउछन ,त्यसरी नै कुरा पनि निकै गंभीर गर्छन । गंभीर कुराकानी गर्ने क्रममा उनले भने -‘ मलाई यति कमायो उति कमायो भन्छन् तर हल्ला भए जस्तो कमाएको छैन , मैले कमाए त लाखौ दर्शकहरूको माया र साथ हाे । आजको अबस्था मैले जिबनमा सोचेको थिईन । नसोचेको कुरा पाए पछी मलाई अरू के चाहियो -‘? जिबनदेखी सन्तुष्ट छन् उनि । यतिबेला सिड्नीमा उनलाई भेट्न खोज्नेहरूको संख्या लामै छ , तर उनले सबैलाई चलचित्र रातो घरको शो मा भेट्न अनुरोध गरेका छन् । सबैले मेरी बास्सैले तक्मे बूढाको पहिरनमा देखीरहेको उनी अहिले सिड्नीमा निकै आर्कषक पहिरन लगाएर आधुनिक पारामा हिड्ने गर्छन ।

कसैले पनि उनलाई तक्मे बूढा भनेर चिन्दैनन्। कति ठाउँमा त नेपालीहरूसँग ठोक्किंदा पनि उनिहरूले नचिनेर कोरियन वा चाईनिज भन्ठान्दा रहेछन् । यो पनि उनको लागि नयाँ कुरा भएको रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment