Comments Add Comment

अल्ट्रा धावक मीरा राईलाई लण्डनमा ३५ लाखको कोसेली

mira-rai-londonलण्डन । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको यात्रा तय गरेकी मीरा राईलाई लण्डनमा सम्मान गरिएको छ ।
केन्ट फोक्सटनस्थित ग्रामर स्कूलको सभाहलमा नेपाली युवा समूह, बेलायत, सगरमाथा तेक्वान्दो डोजाङ, किरात राई यायोक्खा, भोजपुर समाज युके र जेन मार्सल आर्ट लगायतका संस्थाले राईलाई सम्मान गरेका हुन् ।
मीराले प्राप्त गरेको सफलतामा बधाई दिँदै संस्थाहरुले उनलाई प्रोत्साहनस्वरुप ३५ लाख रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।
बिश्व च्याम्पिन बन्ने लक्ष्य लिएकी मीराले अल्ट्रा सिरिज २०१६ लण्डनबाट सुरु गरेकी छिन् । उनले गत ३० अपि्रलमा बेलायतमा ३७ किलोमिटरको दौडमा दोस्रो स्थान हाँसिल गरेकी थिइन् ।
साथै उनले मे ७ मा स्पेन, जुन ४ मा पोर्चुगल र सेप्टेम्बर २४ मा स्पेनमा प्रतिस्पर्धा गर्ने जानकारी दिएकी छिन् ।
मीरा माओवादी जनयुद्धमा सहभागी भई शान्ति प्रकृया सुरु हुँदा अयोग्य लडाकूको रुपमा शिविरबाट बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment