Comments Add Comment

मकवानपुरमा खहरे खोलाले बगाउँदा ३ जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

२२ वैशाख, मकवानपुर । मकवानपुरको भैँसेमा खहरेखोलामा एक्कासी आएको बाढीमा परी ३ जनाको मृत्यु भएको छ । भैँसे गाविसको ज्यामिरे खोलामा आएको भेलले बगाउँदा २ जनाको मृत्यु भएको हो भने आँपचौस्थित खानीखोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा दिउँसो भएको ठूलो वर्षाका कारण खहरेमा ठूलो भल आएको र खोलामा नुहाइधुवाइ गर्न गएकाहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये २ जनाको सनाखत भएको छ । भैँसे-४ ज्यामिरे बस्ने २८ वर्षीय बिमला स्याङतान र १२ वर्षकी अनिता मोक्तानको मृत्यु भएको हो ।

यस्तै खानीखोलाले बगाएर मृत्यु भएका एक व्यक्तिको भने पहिचान खुलेको छैन । मधेसी मुलका जस्तो देखिने ति व्यक्तिको शव किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा अन्य पनि हताहत भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment