Comments Add Comment

यसरी बन्न सक्छ नयाँ सरकार

sherbahadur-prachanda२३ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका दुई बामपन्थी दलबीचको खटपटसाग सरकार गठनको सरगर्मी बढेको छ । कांग्रेसले प्रचण्डलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको अवस्थामा अहिले नयाा सरकारबा विषयमा बहस चलिरहेको छ ।

मुख्य दल मिलेर राष्ट्रिय सहमतिको सरकार
एमाओबादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपनि एमालेसँगको सहकार्य नतोड्ने बताएको छ ।

उसले राष्ट्रिय स्वाधिनताको संरक्षण,संघीयतासहित संविधान कार्यान्वयन,शान्तिप्रक्रियाको बाँकी काम र राजनीतिक मुद्दा व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन एमालेलगायतका दलहरुलाई पनि अपिल गरेको छ ।  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन लिखित रुपर्मै सहमति जनाउन एमोवादीले एमालेलाई अनुरोध गरेको छ । बुधवार साँझ अध्यक्ष प्रचण्डनिवासमा बसेको एमाओवादी स्थायी समितिको बैठकपछि एमाओवादी शीर्ष नेताहरु बालुवाटारमा पुगी त्यस्तो प्रस्ताव राखेका हुन् । तर,आफ्नै नेतृत्वको सरकार ढल्नासाथ अर्को सरकारमा सहयोगी बन्न एमाले तयार हुने सम्भावना कम छ ।

कांग्रेससहितको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार

एमाओावादीका लागि एमालेबाहेकको सरकार दोस्रो विकल्प हुनेछ । कांग्रेसले आफूले मात्र समर्थन गरेको होइन । मधेसी मोर्चालाई समेत मनाउन अग्रसरता लिएकाले प्रचण्डका लागि आवश्यक बहुमत पुर्याउन असहज छैन ।

राष्ट्रिय सहमतिको सरकार नबने बहुमतको भएपनि सरकार बनाउन बिहीबारबाटै छलफल गर्ने एमाओवादी सचिव वर्षमान पुनले जानकारी दिए ।

सदनमा २०७ सांसद रहेको ठूलो दल कांग्रेसको साथमा बहुमतको सरकार बनाउन सकिनेमा भने एमाओवादी ढुक्क देखिन्छ । त्यसैले एमाओवादी बढी सक्रिय र उत्साही भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment