Comments Add Comment

कांग्रेसलाई सरकार भन्दा छवि सुधार्न दीपकराज गिरीको सुझाव

dipakraj giri
यतिबेला देशमा नयाँ मोड देखिएको छ । केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा चुलिएको छ । एमाओवादीका अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने चर्चा पनि छ । नेपाली कांग्रेसको साथ लिएर प्रचण्ड नयाँ सरकारको नेतृत्व गर्ने दाउमा देखिएका छन् । यस बिषयमा आम जनताले आ-आफ्नै खालका विश्लेषण गरिरहेका छन् ।

आफ्नो कुरालाई स्पष्ट रुपमा सामाजिक संजाल मार्फत व्यक्त गर्ने कलाकार दीपकराज गिरीले यो नयाँ समिकरणलाई पनि घुमाउरो शैलीमा कसिलो ब्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्-‘ओली बाले राजधानीमा रेल र ट्रेन कुदाको कथा सुन्दा कस्तो आनन्द आउथ्यो, जाबो कथा नि सुन्न नदिने भए यी कांग्रेसहरुले ।’ उनले नेपाली कांग्रेसलाई सरकार फेर्नु भन्दा आफ्नो छवि फेर्न सुझाव पनि दिएका छन् । उनले अगाडि लेखेका छन्-‘हुनत सुत्केरी भत्ता र सांसद किनवेचका ठेकेदार नै प्रमुख भा छन् पार्टीमा । राष्ट्रियता विरुद्ध शुशिलाई जर्बजस्ती चुनावमा उठाउने आसेपासे त्यही नै छन् ।’ उनले प्रचण्डमाथि पनि कसिलो ब्यङ्ग्य गरेका छन् ।

दीपक लेख्छन्-‘प्रचण्ड बाबु र ओली बाको पनि बिछोड परेछ । पहिलो पटक प्रधानमन्त्ती हुँदा आर्मी चिफले जागिर खाइदिए । अब त कांग्रेसको एक सभासद्ले नै हल्लाउन सक्ने कमजोर प्रधानमन्त्री किन बन्न लाका हुन् । संविधान कार्यन्वयन एकातिर कुम्लो बोकी सरकारतिर ।’

प्रचण्डले नयाँ सरकारको नेतृत्व लिने सोच बनाउँदै गर्दा यसको विरोधका स्वर प्रशस्त सुनिएका छन् । दीपकले पनि सरकार ढाल्ने खेलमा लाग्नु भन्दा संविधान कार्यन्वयनमा लाग्न नेताहरुलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment