Comments Add Comment

जापानमा जीतुले फेसबुकमाथि ब्यङ्ग्य गर्दा

sakura night

ग्रिस्मा इन्टरटेन्मेन्ट र सुर्य कर्पोरेसनले जापानमा ‘साकुरा नाइट’ भव्य रुपमा सम्पन्न गरेको छ । गोल्डेन विकको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । फुकुओका स्थित च्युओ सिमिन सेन्टर हलमा नेपालबाट गएका चर्चित कलाकारले मनोरञ्जन दिने काम गरे ।

नेपालका ख्यातीप्राप्त गायक रामकृष्ण ढकालको साथमा हिमाल सागर र गायिका मिलन अमात्यले दर्शकलाई झुमाएका थिए । हिमाल र मिलनले गीत गाउँदा दर्शकले वन्स मोर भनेका थिए । यस्तै, हाँस्य कलाकार जीतु नेपालले फेसबुकलाई सदुपयोग गर्न नसक्दाको कमेडीले दर्शकलाई खुबै हसाँयो । उनले अन्य रोचक र घोचक कमेडी पस्किए । संचारकर्मी नरेश भट्टराइले कार्यक्रमको उद्घोषण गरेका थिए ।

विभिन्न चर्चित कलाकारको साथमा ग्रिस्मा इन्टरटेन्मेन्टले विदेशी भूमिमा कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा गि्रस्माका प्रमुख गृहेन्द्र घिमिरे पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment