Comments Add Comment

भारतीय लगानीको एभरेष्ट बैंकको नाफामै नाकाबन्दीको असर देखियो

everest-bank२३ वैशाख, काठमाडौं । भारतको पञ्जाब नेशनल बैंकको २० प्रतिशत संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक लिमिटेड नेपालमा भारतीय नाकाबन्दीको असर देखिएको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण बैंकको नाफाको वृद्धिदरमा असर देखिएको हो ।

एक वर्षको अवधिमा बैंकको नाफा करिब २ करोड रुपैयाँले मात्रै बढेको अपरिस्कृत वित्तीय विवरण बिहीबार सार्वजानिक गरेको छ । वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २० करोड ९० लख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानी ८ करोड रुपैयाँले बढेपनि खर्च बढेका कारण नाफा २ करोड रुपैयाँले मात्रै बढेको हो । ०७२ चैत मसान्तसम्ममा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको चैता संभावित जोखिम व्यवस्थाका लागि छु्ट्याएको मध्ये २ करोड ५४ लाख रुपैयाँ फिर्ता गरेको बैंकले यो चैतमा ५ करोड ३० लाख रुपैयाँ यस्तो रकम फिर्ता गरेको छ ।

एक वर्षको अवधिमा बैंकको व्यवसायको आकार पनि खासै बढेको छैन । एक वर्षको अवधिमा बैंकको निक्षेप साढे ८ अर्ब रुपैयाँले मात्रै बढेको छ भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ । ०७२ चैत मसान्तसम्ममा बैंकले ७९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्त वर्षको तुलनामा बैंकको सम्पत्तिमाथिको प्रतिफल भने घटेको छ । ०७१ चैत मसान्तमा २९.८३ प्रतिशत रहेको रिटर्न अन इक्वीटी ०७२ चैतमा २३.८१ प्रतिशतमा खुम्चिएको छ । बैंकको चुक्ता पुँजीको आकार बढेपनि सो अनुसार नाफा नबढ्दा बैंकमा लगानी गर्ने लगानीकर्ताको सम्पत्तिमाथिको प्रतिफल गत वर्षको तुलनामा घटेको हो । ०७१ चैतमा २ अर्ब १३ करोड रुपैयाँ हरेको बैंकको चुक्ता पुँजी ०७२ चैतमा २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने घोषणा गरिसकेको छ । जसअनुसार आगामी १५ महिनामा बैंकले ५ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँज बिढाउनुपर्ने छ ।

तर, बैंकको सञ्चित कोष भने निकै बलियो छ । ०७२ चैत मसान्तमा बैंकको सञ्चित कोषमा ५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ जम्मा भएको छ । ठीक एक वर्षअघि यस्तो कोषमा ४ अर्ब ५१ करोड ५६ लाख रुपैयाँमात्रै थियो ।

एक वर्षको अवधिमा बैंकको खराब कर्जा यथावत रहेको छ । रकममा बढेपनि प्रतिशतमा भने कूल कर्जाको ०.६३ प्रतिशत छ । गत वर्षको तुलनामा बैंकको प्रतिसेयर नेटवर्थ पनि १९ रुपैयाँले घटेको छ । गत वर्षको चैतमा ३ सय २३ रुपैयाँ ७४ पैसा रहेकेा बैंकको प्रतिसेयर नेटवर्थ यो चैतमा भने ३ सय ४ रुपैयाँ २६ पैसा मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment