Comments Add Comment

जोरपाटीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

स्थानीयको प्रदर्शनले यातायात सेवा प्रभावित

२३ वैशाख, काठमाडौं । काठमाडौंको जोरपाटी दक्षिणढोकामा पानी ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहान सवा १० बजे बा ४ ख १००६ नम्बरको टयांकरले बा ३८ प ६०८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष २३ की विमला खनालको मृत्यु भएको हो ।

accidentस्कुटर चालक घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ । ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विषयलाई लिएर स्थानीयले सो क्षेत्रमा प्रदर्शन गर्दा यातायात प्रभावित भएको छ । स्थानिय बसिन्दाहरु मुख्य सडकमै बसेर प्रदर्शन गरेका कारण काठमाडौंको दक्षिणढोका हुँदै चल्ने सवारी साधन यतिबेला पूर्ण रुपमा प्रभावित भएका ट्राफिक प्रहरीले जनाएको छ ।

बौद्धबाट दक्षिणढोका तर्फ जाने सवारी साधनलाई नारायणटारबाटै ड्राइभर्सन गरिएको छ भने साँखुबाट छुटेका सवारी साधनहरु दक्षिणढोकमै रोकिएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा ना ५ ख २६१८ नम्बरको टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । अन्दाजी ५३ वर्षीया महिलाको सनाखत भएको छैन । टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा सिभिल अस्पतालमा बिहान ६ बजे मृत्यु भएको हो ।

पाल्पामा टिप्पर दुर्घटना, चालकको मृत्यु

पाल्पाको दोभान ४ पानीमिल नजिकै बिहीबार टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धार्के ४ का २२ वर्षीय हरीबहादुर थापा छन् ।

झुम्साबाट श्रीडाँडातर्फ जाँदै गरेको लु १ ख ४६३१ नम्बरको टि्रपर बिहीबार बिहान सवा ५ बजे पानी मिल नजिकै अनियन्त्रित भई सडकबाट तल खस्दा चालक थापाको घटनास्थल मै मृत्यु भएको हो ।

यस्तै कैलालीको घोडाघोडी १० मा बिहीबार बिहान पौने ८ बजे, मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानिय ३५ वर्षीया शिवकला पाण्डे छिन् । उनको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment