Comments Add Comment

राष्ट्रिय सहमति कायम नभएसम्म यही सरकारः प्रभाकर

'कागले कान लग्यो भन्दैमा आत्तिन पर्दैन, हल्लाको पछि नलाग्नुस्'

२३ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय सहमति कायम नभएसम्म केपी शर्मा ओली नेतृत्वकै सरकार रहने स्पष्ट पारेका छन् । वर्तमान सरकारलाई ढाल्न एमाओवादी लागेको भन्ने हल्लामा विश्वास नगर्न उनले सबैलाई आग्रह पनि गरे ।

फाइल तस्वीर
फाइल तस्वीर

व्यवस्थापिका संसदमा बिहीबार बोल्दै एमाओवादी स्थायी समिति सदस्य प्रभाकरले भने, ‘कागले कान लग्यो भन्दैमा आत्तिनै पर्दैन । एमाओवादीले सरकार ढाल्न खोजेको होइन । सरकार ढाल्न लाग्यो भन्ने आरोपको पछाडि नलाग्नुस् ।’

उनले एमाओवादी बाहेक अरु कुनै दलको नेतृत्वमा राष्ट्रिय सहमति कायम भयो भने पनि एमाओवादी सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

वर्तमान सरकारले शान्ति प्रक्रिया सुल्झाउने भन्दा पनि बल्झाउने काम गरेकोप्रति आफूहरुको आपत्ती रहेको पूर्व शान्ति मन्त्रीसमेत रहेका प्रभाकरले बताए ।

उनले कालोबजारी नियन्त्रण गर्न नसकेको र जनताले राहत महसुस हुने गरी काम गर्न सरकारले नसकेको भन्दै आलोचना पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment