Comments Add Comment

शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच कुरा मिलेन

Students
विद्यार्थी संगठनका नेताहरु । फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आज बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले आफूहरुको माग पूरा नगरेपछि बैठक बिनानिष्कर्ष टुङ्ग्याइएको जानकारी दिए । विद्यार्थी सङ्गठनले गत वर्ष आफूहरुसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राखेका थिए ।

‘गतवर्ष हामीसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै निजी विद्यालयले बढाएको शुल्क अनुगमन गर्न भन्यौँ,’ उनले भने, ‘तर मन्त्रालयका पदाधिकारीहरुले तत्काल अनुगमन नसकिने र केही दिनमा संयन्त्र बनाएर अनुगमन गर्ने बताए । हामीले मानेनौँ ।’

शिक्षा मन्त्रालयलयका अधिकारीहरूले विद्यार्थी सङ्गठनहरुलाई तत्काल अनुगमन रोक्न आग्रह गरेका थिए ।

यता शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भोलि विद्यार्थी सङ्गठनसँग फेरि वार्ता गरेर अनुगमन समिति बनाइने जानकारी गराए । ‘भोलि फेरि वार्ता गर्छाैं,’ उनले भने,  ‘त्यसपछि विद्यार्थी सङ्गठनहरुलाई नै राखेर अनुगमन समिति बनाएर अनुगमन गर्छौं ।’

बैठकमा सहमति हुन नसकेपछि विद्यार्थीले आज पनि निजी विद्यालयको शुल्कमाथिको अनुगमनलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment