Comments Add Comment

जेठ १ गते जन्मेका युवा युवतीको खोजीमा युवा संघ

२३ वैशाख, काठमाडौं । जेठ १ गते जन्मेका युवाको खोजीमा युवा संघ युवा संघ नेपालले आफ्नो स्थापना दिवसको विशेष कार्यक्रमको लागि जेठ १ गते जन्मेका युवायुवतीको खोजिमा जुटेको छ ।

yuba-sangh-Flagआगामी जेठ १ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने संघको २६ औं स्थापना दिवसको विशेष कार्यक्रम उदघाटन संघ स्थापना भएको दिन २०४७ साल जेठ १ गते नै जन्मेका २६ जना युवा युवतीहरूबाट गर्ने तयारी गरेको मूल आयोजक समिति सदस्य प्रकाश लामिछानेले जानकारी दिए ।

संघको स्थापना दिवसमा युवा महोत्सव 0७३ को नाममा मनाउन लागिएको छ । दिवसमा रोजगारदाता कम्पनी, युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद, लागुऔषध सचेतना, बैंक, आइटी कम्पनी लगायतका संस्थाको स्टल, नि:शुल्क स्वास्थ्य शिविर, म्याराथुन प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रम गरिने युवा  संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment