Comments Add Comment

आइसीसीले अमेरिकामा बनायो ४ सल्लाहकार समूह

Icc

२२ वैशाख, काठमाडौं । निलम्बन गरेको ११ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अमेरिकाको क्रिकेट सञ्चालनका लागि सल्लाहकार समूहहरु गठन गरेको छ ।

दशकौं लामो विवादपछि गत बर्षको जुन महिनामा आइसीसीले अमेरिकी क्रिकेटको आधिकारीक निकायलाई निलम्बन गरेको थियो ।

अमेरिकी क्रिकेटको बिकास र अन्तर्राष्ट्रिय सहभागिताका लागि आइसीसीले राणनीतिक योजना लागु गर्न बिभिन्न सल्लाहकार समूह बनाएको हो ।

आइसीसीले अमेरिकी टोलीको अन्त्र्राष्ट्रिय सहभागिता, प्रदर्शन, समर्थक तथा बजार बिकास र दिगो आधारशीला गरी छुट्टाछुट्टै सल्लाहकार समूह बनाएको हो ।

नेपाली क्रिकेटलाई पनि आइसीसीले निरम्बन गरेको परिप्रेक्षमा आइसीसीले अमेरिकाको क्रिकेटका लागि चालिरहेको कदम नेपालमा पनि चासोका साथ हेरिएको छ । निलम्बन गरेको झण्डै १ बर्षपछि आइसीसीले औपचारिक कदम चालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment