Comments Add Comment

फुकुओकामा साकुरा नाइट सम्पन्न, टोकियो र ओशाकामा पनि हुँदै

Sakura Night5जापान । गोल्डेन विकको अवसरमा सूर्य कर्पोरेसनद्वारा आयोजित साकुरा नाईट कार्यक्रम फुकुओकामा सम्पन्न भएको छ ।

फुकुओका स्थित च्युओ सिमिन सेन्टर हलमा भएको साकुरा नाईटमा नेपालका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । स्थानीय गायक माधव सिग्देलको लोक दोहारी गित प्रस्तुतिसँगै सुरु भएको कार्यक्रममा नेपालका चर्चित गायक रामकृष्ण ढकाल, हिमाल सागर र गायिका मिलन अमात्यको गित संगीतमा कार्यक्रममा सहभागी दर्शकहरु झुमेका थिए ।

त्यस्तै कार्यक्रममा हास्य कलाकारल जितु नेपाल ‘मुन्द्रे’ले नेपाल लगायत जापानको पछिल्लो गतिबिधिमा व्यंग्य गर्दै सहभागी दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । सञ्चारकर्मी नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालन भएको कार्यक्रममा गायक पुरुषोत्तम सिग्देलले सुरुवातमा उदघोषण गरेका थिए ।

Sakura Night

कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रतक्ष सहयोग गर्नुहुने सबैसबैमा आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित दर्शकहरुलाई आयोजक तर्फबाट बाशुदेव लामिछानेले धन्यवाद ब्यक्त गरेका थिए ।

फुकुओका पश्चात टोक्योको रोधी क्लवमा हुने कार्यक्रम मे ८ तारिक आइतबार हुनेछ । ‘साकुरा नाईट’ नामक कार्यक्रम सूर्य कर्पोरेसनले इन्टरनेसनल इन्टरटेन्टमेन्ट कम्पनी ग्रिष्मा इन्टरटेन्टमेन्टसँग मिलेर गरेको हो ।

Sakura Night4 Sakura Night3 Sakura Night1 Sakura Night2

तस्वीर श्राेतः बिक्रम कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment