Comments Add Comment

जेठभित्रै भूकम्प पीडितलाई छानामुनि ल्याउने प्रधानमन्त्रीको घोषणा

पुनर्निर्माणमा भ्रष्टाचार भयो भन्न लाज लाग्नुपर्ने !

KP Oli२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ महिनाभित्र सबै भूकम्प पीडितलाई छानामुनी ल्याइसक्ने घोषणा गरेका छन् । साथै उनले २ वर्षभित्र भूकम्प पीडितका सबै घरहरु पुनर्निमाण भइसक्ने उदघोष पनि गरेका छन् ।

बिहीबार सांसदहरुले सरकारले पुनर्निर्माणको काम गर्न नसेको भन्दै तीब्र आलोचना गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भने संसदका प्रश्नको जवाफ दिादै पुनर्निर्माणको कामले गति लिएको दाबी गरे ।

प्रधानमन्त्रीले पहिलो किस्ता उपलब्ध गराउनका लागि १२ अर्ब ३३ करोड निकासा गरिसकिएको जानकारी दिए । विरामी, बालबच्चा, एकल महिला, अत्यन्त गरिबलाई प्राथमिकतामा राखेर निजी आवास पुनर्निमाण गरिने उनले जानकारी दिए ।

भूकम्पको पीडा असाधारण पीडा भएकाले जनतालाई सकेसम्म छिटो आवासको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएको उनको भनाई थियो ।

पुनर्निर्माण प्राधिकरण गठन भएपछि पुनर्निर्माणको कामले गति लिएको उनले प्रष्ट पारे । मंसिरमा पुननिर्माण विधेयक आएको र पुस १० गतेमात्रै प्राधिकरण गठन भएको स्मरण गर्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्रीका ओलीका अनुसार यस बीचमा अतिप्रभावित जिल्लाहरुमध्ये १४ वटा जिल्लामध्ये ११ वटा जिल्लामा ५ सय ४८ गाविसमा सर्भेक्षण सकिएको छ । त्यसका लागि १६ सय इन्जिनयिर खटाइएको छ ।

३ सय ९३ गाविसका अनुदानका लागि छनौटमा परेका ३ लाख ९ सय ६१ घरधनीको सूची प्रकाशित गरी उनीहरुसाग अनुदान धमाधम सम्झौता भइरहेको उनले बताए ।

ओलीका अनुसार निजी आवासको सर्भेणमा १३ सय ९६ इन्जिजियर पठाइसकेका छन् र इन्जिनियले भूकम्प प्रतिरोधी घर बनाउन सहयोग गर्नेछन् ।

दाताहरुले ऋण तथा अनुदानको घोषणा गरेको ४ खर्ब रुपैयाामध्ये १ खर्ब ८८ अर्ब रुपैयाा सहयोग गर्ने सम्झौता भइसकेको उनले बताए । भारत सरकारसाग थप ७५ अर्ब रुपैयाा सहुलियत ऋण सम्झौताको तयारी भइरहेको र भारतसाग सम्झौता भएपछि दाताले घोषणा गरेकामध्ये ६४ प्रतिशत रकम सम्झौता भएको उनको भनाई थियो ।

त्यसैगरी, धरहरा नेपालको शान र सम्पत्ति भएकाले अहिलोको भन्दा ठूलो बनाइने जानकारी दिए । उनले ४० वटा पुरातात्विक आयोजनाहरुको टेन्डर सुरु गरिएको छ ।

हालसम्म १२ हजार अस्थायी विद्यालयहरु निर्माण भइसकेको र हजारौं घरहरु निर्माण भइरहेको बताए । त्यस्तै, ७ अर्ब रुर्पैयााको लगानीमा ३ सय वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणको सुरु भएको र जसमध्ये १ सय वटा निर्माण भइसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

सरकारी अनुदान यत्तिकै दिउँ भनेर झोलामा हालेर दिादै हिाड्न नमिल्ने भएकाले अनुदान वितरणमा केही ढिलाई भएको उनले जानकारी दिए । सर्भे गरेरमात्रै खर्च गर्नुपर्ने भन्ने दाताहरुकोसागवको सम्झौताले हामीलाई अफ्ठ्यारोमा पारेको उनले गुनासो गरे ।

पुनर्निर्माणजस्तो संवेदनशील विषलाई राजनीतित्र अस्त्र नबनाउान उनले सबैलाई आग्रह गरे ।

पुनर्निर्माणको अर्बौ पैसा भ्रष्टाचार भएको भनेर सांसदजस्तो गरिमामय व्यक्तिले बोल्न लाज लाग्नु पर्ने उनले बताए । जनताको विपत्तिको बेला कसैले व्यक्तिगत फाइदा लिन खोज्ज भने त्यस्तालाई कडा कारवाही हुने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment