+
+

पाँचतारे म्यारियट होटलमा एनएमबी बैंकको नेतृत्वमा ऋण लगानी हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते १८:४०

nmb-marriate
२३ वैशाख, काठमाण्डौ । काठमाडौंको नागपोखरीमा निर्माण भइरहेको पाँच तारे होटल ‘म्यारियट’मा एनएमबी बैंकको नेतृत्वमा ३ अर्ब २० करोड रुपैयाँ लगानी हुने भएको छ ।

बहुचर्चित अमेरिकी होटल चेन ‘म्यारियट’ले ब्यबस्थापन गर्ने यो होटलमा एनएमवी बैंकको नेतृत्वमा प्रभु बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडसमेतको सहभागितामा ऋण लगानी हुन लागेको हो ।

३ सय २० रुम क्षमताको यो होटल निर्माणका लागि ४ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । सन् २०१८ को मध्यसम्ममा होटल निर्माण सकिएर संचालनमा ल्याउने लक्ष्य छ ।

१२ रोपनी क्षेत्रफलमा फैलिने यो होटलमा कन्फ्रेन्स हल, क्यासिनो, मिनि गल्फ, हेल्थ क्लव, ब्याङ्क्वेट हल, स्पा लगायतका सुविधाहरु हुनेछन् ।

होटलमा ऋण प्रवाह गर्नेगरी फाइनान्सियल क्लोजर भइसकेको एनएमबी बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?