Comments Add Comment

गोवाका विधायकद्वारा नेपाली किशारीमाथि ‘बलात्कार’

Rape-Victim
२३ वैशाख, काठमाडौं । भारतको गोवाका विवादास्पद विधायक एटान्सीयो मोन्सेरेटले एक नेपाली किशोरीलाई बत्लाकार गरेको आरोप प्रहरीले लगाएको छ । भारतीय कांग्रेसबाट निस्काशित भएर हाल स्वतन्त्र रहेका र पहिले शिक्षामन्त्री समेत भइसकेका मोन्सेरेटमाथि सेन्ट क्रुजस्थित आफ्नै निवासभित्र उक्त अपराध गरेको आरोप छ ।

प्रहरी स्रोतका अनुसार आफैंले काममा राखेकी नेपाली किशोरीमाथि उनले बलात्कार गरेका थिए । किशोरीले आफ्नी कान्छीआमा र अर्की एक परिचित महिलामार्फत मोसेरेटले आफूलाई किनेको बताएकी छिन् । विधायकले आफ्नो पेय पदार्थमा अज्ञात पदार्थ मिसाइदिएको र आफू बेहोस बनेको उनको भनाई छ ।

‘अर्को बिहान म ब्यूझिँदा मेरो शरिरमा कपडा थिएन भने जताततै रगत थियो । ऊ पनि कपडा नलगाइकन मेरै छेउमा बसिरहेको थियो,’ उनले भनिन् । किशोरीलाई सरकारी बालगृहमा पठाइएको छ । पीडित किशोरीको नाम र वतन खुल्न सकेको छैन । मोन्सेरेटले भने आफूमाथि लागेको आरोप निराधार भन्दै अस्वीकार गरेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

‘उनी १६ वर्षकी केटी हुन् । उनी यत्तिकै बरालिएर हिडिरहेकी थिइन् । उनका बुवाआमाले छोरीलाई कुनै काम लगाइदिनुपर्‍यो भनेर मलाई भने । त्यसले मैले उनलाई आफ्नो स्टोरमा काम दिएँ । दुई सातापछि उनले चार हजार रुपैयाँ चोरिन् । त्यसैले मैले उनलाई कामबाट निकालिदिएँ । म माथि हास्यास्पद आरोप लगाइएको छ । यो कुरा त मैले कल्पना पनि गरेको छैन,’ उनले भने ।

मोनसेरेटमाथि बलत्कारका साथै गोवा बालबालिका ऐन अन्तरगतको समेत मुद्दा लगाउने तयारी गरिएको छ । उनलाई चाँडै पक्राउ गरिने गोवा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment