Comments Add Comment

यौन चाहना बिनाको जिवन कस्तो हुन्छ ?

sophie_asexuality_promo_redesसोफी र जर्ज उमेरले जवान छन्, एक अर्कोलाई प्रेम गर्दछन् तर गैरयौनिक अर्थात् एसेक्सुअल हुन् । एसेक्सुअलको अर्थ उनीहरुमा यौनप्रतिको कुनै आकर्षण नै छैन । तर शारीरिक आकर्षण विना डेटिंग गर्नुका आफ्नै जटिलता छन् ।

सोफी जोगैन्सन र जर्ज नर्मन पछिल्लो पाँच महिनादेखि साथी साथी हुन् । उनीहरुले एकसाथ हाउ टू ट्रेन योर ड्रागन नामको फिल्म हेरेका थिए र यो सिलसिला बढ्दै गयो । जर्ज भन्छन् : हामीले एक अर्कोलाई चुम्यौँ । मलाई थाहा छ की अरु मानिसका लागि यसो गर्नुको अर्थ प्रायः केही अरु नै हुन्छ ।

२१ वर्षका यी स्नातक छात्र बेलायतका झण्डै १ प्रतिशत एसेक्सुअल मानिसमध्ये एक हुन् ।

योर्क विश्वविद्यालयको पहिलो वर्षमै जर्जले आफु एसेक्सुअल भएको कुरा सार्वजनिक रुपमा स्विकार गर्ने हिम्मत जुटाउन सके । उनी भन्छन्:  यसले अरु एसेक्सुअल मानिसहरुलाई सधै राम्रो लाग्छ । तर आफ्नो बाल्यकालको धेरैजसो समयमा मैले यो सोँचदथेँ की अरु सबै मानिसहरु पनि मै जस्तै छन् । तर उनीहरु यो कुरालाई मैले भन्दा पनि राम्रो तरिकाले लुकाइरहेका छन् ।

जर्जलाई कहिल्यैपनि कुनै यौन आकर्षण पैदा भएन । तर धेरैजसो एसेक्सुअल मानिसहरुजस्तै उनको पनि लामो समयदेखि एक प्रेम सम्बन्ध छ ।

georg_and_sophie_walking_asexualityसोफी र जर्जको पहिलो चुम्बन एक आश्चर्य जस्तै थियो । सोफी भन्छिन् : मलाई पूरै एकिन थियो की जर्ज एक होमोरोमान्टिक हुन् । तर उनीबाट थाहा भयो की रोमान्सले कसरी पानीजस्तै कुनैपनि आकार लिनसक्छ भनेर ।

होमोरोमान्टिक भनेको यस्तो व्यक्तिलाई भनिन्छ जसमा आफ्नै लिंगको व्यक्तिप्रति रुमानी भावना पैदा हुन्छ ।

सोफी भन्छिन् : मलाई लाग्दैन की प्रेम र सेक्स कहीँबाट पनि एक अर्कोसँग जोडिएका हुन्छन् । मलाई लाग्न यौनिकता तरल जस्तै हो र विविधतापूर्ण हुन्छ । रोमान्स पनि यस्तै हो ।

सोफी आफुलाई ग्रे सेक्सुअल वा ग्रे एसको रुपमा परिचित गराउन वा चिनाउन मन पराउँछिन् । उनका अनुसार यो शव्द ठूलो संख्यामा टम्बलर, ब्लग तथा एसेक्सुअल भिजिबिलिटीका अनलाइन फोराम अनि एजुकेसन नेटवर्कमा निकै प्रयोग प्रयोग भएको पाइन्छ ।

asexualग्रे सेक्सुअल शव्दको खास परिभाषा छैन । तर आम रुपमा यो यस्ता व्यक्तिहरुलाई भनिन्छ जो आफुालई सेक्सुअल र पूर्णरुपमा एसेक्सुअल मानिसहरुको बीचमा पाउँदछन् ।

आफुलाई यस्तो भन्न रुचाउनुको कारण सोफीलाई निकै बिरलै भएपनि कहिलेकाहीँ यौन आकर्षण पैदा भएको छ अरे । उनका अनुसार यस्तो आकर्षणको भावना आउँछ, जान्छ । कहिलेकाहीँ आएजस्तो हुन्छ तर उनले त्यसलाई बेवास्ता गर्न सक्छिन् र तत्कालै आफ्नो नियमित काम गर्न सक्छिन् ।

एसेक्सुअलको अर्थ केवल यौन आकर्षणको अभाव हुनु हो । यसको मतलब अरु कुनै चिजको कमी हुँदैन ।

त्यस्तै डेमीसेक्सुअल भनेर त्यस्ता मानिसलाई भनिन्छ जसमा यौन आकर्षण तब महसुस हुन्छ जब उनीहरुको कसैसँग नजिकको भावनात्मक सम्बन्ध बन्दछ ।

शोध अनुसार अन्य सामान्य यौन आकर्षणवाला मानिसहरुको तुलनामा एसेक्सुअल मानिसहरुलाई धेरै नकारात्मक दृष्टिकोणबाट हेर्ने गरिन्छ । उनीहरुलाई धेरै गैरमानवीय ढंगले व्यवहार गर्ने गरिएको पाइएको छ । यस्ता मानिसलाई एकसाथ मेसिन जस्तो वा जनावरजस्तो ठानिन्छ ।

एसेक्सुअल समुदायमा सेक्सको बारेमा विभिन्न खाले मान्यताहरु छन् । कतिपय एसेक्सुअलहरु सेक्समा सम्झौता गर्नुपर्छ भन्ने कुराको विरोध गर्दछन् त कतिले आफ्नो पार्टनरको लागि भएपनि सेक्स गर्दछन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment