Comments Add Comment

इन्स्टाग्राम ह्याक गर्ने १० वर्षे बालकलाई फेसबुकले दियो १० हजार डलर पुरस्कार

Facebook-Userफिनल्याण्डमा एक १० वर्षीय ह्याकरले इन्स्टाग्राम ह्याक गरेबापत १० हजार डलर पुरस्कार पाएका छन् ।

थर नखुलाइएका जनी नामका ती बालकलाई सोसल नेटवर्किंग साइट इन्स्टाग्राममा भएको एक सुरक्षा कमजोरी पत्ता लगाइदिएबापत यो पुरस्कार दिइएको हो ।

जोनीले एक बगको सहायताले इन्स्टाग्राममा कुनै प्रयोगकर्ताको कमेन्ट मेटाउन सकिने तथ्य पत्ता लगाएका थिए ।

फेसबुकले इस्टाग्राममा फेला परेको यो कमजोरीलाई तुरुन्तै सुधार गरेको छ । त्यसका साथै जोनी सबैभन्दा कम उमेरमा बग बाउन्टी पुरस्कार जित्ने ह्याकर बन्न पनि सफल भए ।

इन्स्टाग्राममा फेला परेको सुरक्षा त्रुटी पत्ता लाग्ने बित्तिकै जोनीले फेसबुकमा एक इमेल पठाएका थिए ।

त्यसपछि फेसबुकका सुरक्षा इन्जिनियरहरुले जोनीका लागि एक टेस्ट अकाउण्ट बनाए जसबाट उने आफ्नो दाबीको प्रमाण पेश गर्न सकून् ।

हेलसिन्कीका बासिन्दा जोनीले फिनल्याण्डको एक पत्रिकामा बताए अनुसार उनले फेसबुकका इन्जिनियरहरुसामु इन्स्टाग्राममा रहेको सुरक्षा त्रुटी प्रमाणित गरिदिए । सो बापत फेसबुकले उनलाई १० हजार पुरस्कारको घोषणा गर्यो ।

आफुले पाएको पुरस्कार रकमबाट  आफ्ना भाइहरुका लागि नयाँ बाइक, फुटबल खेल्ने सामाग्री तथा कम्प्युटर खरीद गर्ने योजना बनाएको यी १० वर्षे ह्याकरको भनाई छ ।

फेसबुकले यस्ता अनलाइन सुरक्षा त्रुटी पत्ता लगाइदिनेे मानिसहरुलाई बग बाउन्टी नामक पुरस्कार दिने गरेको छ । सन् २०११ बग बाउन्टी अन्तरगतर उसले ४३ लाख डलर बाँडिसकेको छ ।

कतिपय कम्पनीहरुले सुरक्षा पेशेवर तथा युवा वैज्ञानिकहरुका लागि वित्तिय प्रोत्साहनको यस्तो कार्यक्रम ल्याएका छन् । जसबाट कम्पनीहरुको अनलाइन सुरक्षा त्रुटीको जानकारी ब्लाक मार्केटमा नबेचियोस् र कम्पनीलाई नै पहिले जानकारी प्राप्त हुन सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment