Comments Add Comment

विवादित क्यानडेली नागरिकले नेपाल छोड्दै

२३ वैशाख, काठमाडाैं । नेपालको राजनीतिक विषयमा आलोचनात्मक टिप्पणी गर्दै विवादमा आएका क्यानाडेली नागरिक रोबर्ट पेनरले नेपाल छोड्ने तयारी गरेका छन् ।

अध्यागमन विभागले उनलाई आफ्नो भिसा दुरुपयोग गरेर नेपालको आन्तरिक राजनीतिमा उत्तेजनात्मक टिप्पणी गर्ने गरेको भन्दै उनको भिजा रद्द गरेको थियो । साथै उनलाई नेपाल छाड्न दुई दिनको समय दिइएको थियो ।

अध्यागमनको आदेशपिवरुद्ध उनले बुधबार सर्वोच्चमा रिट हालेका थिए । आफ्नो रिटमाथि बिहिबार सर्वोच्चमा सुनवाई हुन नसकेपछि नेपाल छाड्न लागेको उनले जनाएका छन् ।

न्यायधीस ओमप्रकाश मिश्रको इजलासमा परेको रिटमा समयअभावका कारण भन्दै आज सुनवाई भएन । अध्यागमनले उनलाई नेपाल छाड्न दिएको दुई दिनको म्याद सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment