Comments Add Comment

अवको १० वर्षलाई आर्थिक वृद्धिको दशक घोषणा गर्न प्रस्ताब

budget-2२३ वैशाख, काठमाडौं । सरकारले आगामी एक दशकको अवधिलाई आर्थिक वृद्धिको दशक घोषणा गर्ने लक्ष्य सहित बजेटको सिद्धान्त र प्राथमिकता संसद बैठकमा प्रस्तुत गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले विहिबारका व्यवस्थापिका संसद बैठकमा आगामी बर्ष २०७३ /७४को विनियोजन विधेयक तयारका लागि बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस् भन्ने प्रस्ताव गरेका छन् ।

सो प्रस्तावमा अर्थमन्त्री पौडेलले आगामी बर्षमा सरकारले जलविद्युत्, पुर्वाधार निर्माण लगायत ठुला र दिर्घकालिन योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ । प्रस्तावमा आगामी एक दशकको अवधिलाई आर्थिक वृद्धिको दशक घोषणा गर्ने लक्ष्य लिईएको छ ।

आगामी आर्थिक बर्षका लागि ल्याउने बजेटका निति तथा सिद्धान्त माथि व्यवस्थापिका संसद बैठकमा पि्र छलफल गर्ने प्रावधान छ । बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्न २४ र २५ गते तोकिएको छ । संसदको अर्को बैठक २४ गते ११ बजेका लागि बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment