Comments Add Comment

मन्त्रिपरिषदले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दियो

निजगढ विमानस्थल स्वदेशी लगानीमै बनाउने निर्णय

२३ वैशाख, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षका लागि प्रस्तावित सरकारको नीति तथा कार्यक्रमको मस्यौदा पारित गरेको छ । बिहीबार राति अबेर बालुवाटारमा बसेको बैठकले संसदमा पेश गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।

Nepal-Governmentसरकारको नीति तथा कार्यक्रम आगामी वैशाख २६ राष्ट्रपति विद्यादेवी भण्डारीले सदनसमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । सो विमानस्थल सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पुनर्निर्माणलाई सहज बनाउन भन्दै सार्वजनिक खरिद कार्यबिधि संशोधन विधयेक संसदमा लैजाने निर्णय समेत गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यसैगरी सरकारले पत्रकारहरुको न्युनतम पारिश्रमिक समेत तोकेको छ । जसअनुसार राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारको तलव मासिक न्युनतम १९ हजार ५ सय तोकेको छ भने कर्मचारीको तलव १४ हजार ४ सय तोकिएको छ ।

सञ्चारप्रतिष्ठानमा काम गर्ने पत्रकारको तलव १४ हजार एकसय तोकिएको छ भने आमसञ्चारमा कार्यरत कर्मचारी एमवम् कामदारको न्युनतम् तलव १२ हजार ५ सय कायम गरिएको पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment