Comments Add Comment

उपत्यकामा ११ सय रोपनीमा व्यावसायिक रुपमै गाँजाखेती

Gaja (2)२४ वैशाख, काठमाडौं । उपत्यकाका काँठ क्षेत्रहरुमा व्यावसायिक रुपमा गाँजाखेती हुने गरेको पाइएको छ ।

प्रहरीले बिहीबार सुन्दरीजल क्षेत्रमा स्थानीयहरुले करिब ११ सय रोपनीमा लगाएको गाँजाखेती नष्ट गरेपछि व्यावसायिक गाँजाखेती हुने गरेको तथ्य खुलेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

लागुऔषध नियन्त्रण व्युरोको नेतृत्वमा खटिएको प्रहरीले गाँजा फँडानी गरी नष्ट गरेको हो । स्थानीयहरुले बिक्रीकै उदेश्यले व्यावसायिक रुपमै गाँजाखेती गर्दैै आएका व्युरोका एसपी धीरजप्रताप सिंहले बताए ।

व्युरोले मकवानपुर तथा धादिङका ग्रामिण क्षेत्रमा हुने गाँजाखेती नष्ट गर्दै आएको छ । मकवानपुर तथा धादिङमा खेती हुने गाँजा भने चरेस बनाएर भारतमा तस्करी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment