Comments Add Comment

भिल्लारियललाई पन्छाउँदै लिभरपुल फाइनलमा

villa real२४ वैशाख, काठमाडौं । भिल्लारियललाई हराउँदै लिभरपुल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा १-० को हार व्यहोरेको लिभरपुलले बिहीबार राति भएको दोस्रो लेगमा ३-० को जित हात पारेको छ र समग्रमा ३-१ को जितका साथ फाइनलमा पुगेको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले सातौ मिनेटमा ब्रुनो सोरिआनोको उपहार गोलबाट अग्रता लिएका थियो । पहिलो हाफमा थप गोल हुन सकेन । खेलको ६३ औं मिनेटमा स्टर्डिजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

खेलको ७१ औं मिनेटमा रियुजले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए र भिल्लारियल १० खेलाढीमा सिमित भयो ।  त्यसको १० मिनेटपछि लेलानाले गोल गर्दै लिभरपुललाई ३-० को जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment