Comments Add Comment

बेल्जियममा ‘मह जात्रा’ आयोजना हुने

maha_jatraबेल्जियम । बेल्जियममा हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबैश आचार्यको विशेष प्रस्तुती हुने भएको छ । युरोप यात्रामा हरको मह जोडील बेल्जियममा मह-जात्रा  कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् ।

आगामी  जुन महिनाको पााच तारिक आइतबार बेल्जियमको आन्त्रोपेन शहरमा अवस्थित बिशाल नाटक घर अर्थात एल्क्रिलिक थियाटर हलमा कार्यक्रमको आयोजना गरिएको हो ।

  नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षति एवं पीडितहरु तथा पुनर्निर्माण सहयोगका लागी बिशेष गरि च्यारीटी कार्यक्रम आयोजना गर्न लागीएको गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जनाएका छन् ।

यसरी आयोजना गर्न लागिएको भब्य कार्यक्रममा दर्शकहरुको सुबिधाको लागि बेल्जियमको लुभेन र ब्रुगे शहर बाट बसको ब्यवस्था समेत गरिएको  छ । साथै बस बाट आउन जान चाहने  दर्शक महानुभावहरुले एनआरएन ए बेल्जियमको लुभेन तथा बुग्रे क्षेत्रका आफ्ना सदस्यहरुसाग ग समयमै सम्पर्क गरि बसको सिट सुरक्षित गर्न अनुरोध गरेको छ ।

कार्यक्रम आयोजकले जनाए अनुसार मह-जात्रा टिकट दर पच्चिस र पचास यूरो निर्धारण गरिएको बताईएको छ । टिकटको लागी एनआरएन ए बेल्जियमका पदाधिकारीसाग सम्पर्क गर्न आग्रह गरिएको छ ।

  बेल्जियमबासी नेपालीहरु माझ हुन् गइरहेको  रहेको बिशाल मह जात्रा कार्यक्रमको लागि  दर्शकहरु उत्साहित मात्रै नभएर आतुर रहेको टिकट बिक्रीले देखाएको र कार्यक्रम नेपालका ख्याती प्राप्त राष्ट्रीय कलाकारहरुको रहेको र साथै नेपालमा गएको भूकम्पपीडितहरु तथा पुनर्निर्माण सहयोगका लागि पनि भएको हुनाले दर्शकहरुको उपस्थिति महत्वजपूर्ण हुने आयोजकले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment