Comments Add Comment

२ बर्ष कुरेपछि किन गरिन् आनाले यस्तो संझौता ?

aana-sharma
‘जेरी’ नायिका आना शर्माले करिब २ बर्ष चलचित्र नखेली मौन बसिन् । २ बर्ष अगाडि उनले अभिनय गरेको चलचित्र ‘जेरी’ रिलिज भयो र हिट पनि भयो । यो चलचित्र हिट भएपछि आनाको माग बढ्यो, तर उनी मौन बसिन् ।

अब, उनै आना २ बर्षको ग्यापपछि चलचित्र क्षेत्रमा त आउँदैछिन्, तर अनौठोको संझौता गरेर । आनालाई निर्देशक हेमराज वीसीले १० महिना बाहिरी ब्यानरमा काम गर्न दिने छैनन् । आनासँग ‘ग्याङस्टार ब्लूज’ निर्माण यूनिटले यस्तै संझौता गरेको छ ।

आनाले १० महिना चलचित्रका लागि तयारी गर्नुपर्नेछ । यसपछि, यसको छायांकन, पोष्ट प्रोडक्शन र रिलिजसम्म यही चलचित्रलाई समय दिनुपर्नेछ । यसरी हेेर्दा करिब २ बर्ष आना फेरि हेमराज र निर्माता सरोज न्यौपानेको चलचित्रकै लागि समय दिन व्यस्त हुनेछिन् ।

२ बर्षसम्म नेपालका चल्तीका नायिकाले नै आधा दर्जन चलचित्र गर्न भ्याउँछन् । तर, नयाँ नायक तथा नायिकाहरु भने एउटै चलचित्रका लागि यति धेरै समय दिइरहेका छन् । के यो नेपाली चलचित्रका कलाकारमा आएको परिवर्तन हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment