Comments Add Comment

मुर्दा घरमा लास चिर्दै रमेश बुढोथोकी, पुरा भयो एउटा सपना

ramesh-budathoki-photoराम्रा निर्देशक, राम्रो पटकथा लेखक, रंगमञ्चमै खरिएका कलाकार । रमेश बुढाथोकीका वारेमा यस्तै टिप्पणी गर्छन् चलचित्रकर्मी । यीनै निर्देशक कुनै अस्पतालको मुर्दा घरमा लास चिर्दै गरेको भेटिए भने कस्तो लाग्दो होला दर्शकलाई ?

केहि महिना धैर्य गर्नुपर्छ । निर्देशक बुढाथोकी एप्रोन लगाएर मुर्दा चिरिरहेको अवस्थामा भेटिने भएका छन् । नवराज बुढाथोकीको निर्देशनमा निर्माण हुने चलचित्र ‘भूईमान्छे’ मा निर्देशक बुढाथोकीले सपना देखेको एउटा प्रतिभाशाली तर कहिल्यै अवसर नपाएको भुईमान्छेको चरित्र निर्वाह गर्ने भएका छन् ।

‘मैले अहिलेसम्म अभिनय गरेको मध्ये फरक चरित्र हो यो ।’ अनलाइनखबरसँग कुरा गर्दै बुढाथोकीले भने ‘यो चलचित्रमा मेरो काम लास चिर्ने हो ।’यस्तो चरित्रको जन्म कसरि भयो ? निर्देशक बुढाथोकी खुल्न चाहेनन् । उनले यत्ति भने ‘तपाई आफैं बुझ्नुस यो चलचित्रमा रियलमै भुईमान्छको कथा छ ।’ भलीवल स्टार सिपोरा गुरुङ र प्रविन खतिवडाको पनि अभिनय यो चलचित्रमा रहनेछ ।

चार दर्जन बढी फिचर चलचित्रमा अभिनय गरेका बुढाथोकीले १४ सय बढी सिरियलमा अभिनय गरेका छन् । रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका बुढाथोकी कुशल निर्देशक पनि हुन् । ११ चलचित्रको निर्देशन गरेका बुढाथोकी अहिले नयाँ पुस्ताका कलाकार लिएर नयाँ चलचित्र निर्देशनको तयारीमा जुटेका छन् ।ँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment