Comments Add Comment

अदालतमा पुग्योे मलद्धार परीक्षण

anal_tests_दुर्इ मानिसलाई पुलिसले जबरजस्ती गे एनल टेस्ट अर्थात् मलद्धार परीक्षण गराएको मामिला अदालतमा पुगेको छ ।

आफुहरुको समलिंगी सम्बन्धलाई प्रमाणित गर्नका लागि पुलिसले गरेको यस्तो जबरजस्ती परीक्षणलाई गैरकानूनी तथा असंवैधानिक घोषित गर्न माग गर्दै पीडितहरुले अदालत गुहारेका हुन् ।

घटना केन्याको हो । गतवर्षको फेब्रुअरीमा ती दुइजनाको गिरफ्तारीसँगै प्रहरीले समलिंगी सम्बन्धको आशंकामा उनीहरुको एचआइभी तथा हेपाटाइटिसको परीक्षण गरेको थियो । त्यस्तै समलिंगी सम्बन्ध भएको प्रमाण भेट्टाउन उनीहरुको जबरजस्ती मलद्धार परीक्षण पनि गरिएको थियो ।

केन्यामा समलिंगी सम्बन्ध अवैध हो र त्यो प्रमाणित भएमा १४ वर्षसम्मको जेल सजायको प्रावधान रहेको छ ।

मोम्बासास्थित उच्च अदालतले यो मुद्धामा जवाफ पेश गर्न सरकारी वकिललाई आदेश दिएको छ ।

ह्युमन राइट्स वाचले अन्तराष्ट्रिय कानून अनुसार जबरजस्ती मलद्धार परीक्षण क्रुर, अमानवीय तथा अपमानजनक व्यवहार भएको र यो यातनाको हदसम्म जाने बताएको छ ।

मलद्धार परीक्षणबाट प्राप्त नतिजाले कुनैपनि अभियोग प्रमाणित हुन नसक्ने र यसले केवल नैतिक हिसाबले बहिस्कृत मानिएका मानिसहरुलाई अपमानित गर्ने मानवअधिकारवादी संस्थाको भनाई छ ।

समलिंगी सम्बन्धलाई प्रमाणित गर्नका लागि गुदा परीक्षण गर्ने कुरालाई राष्ट्रसंघले पनि चिकित्सकीय रुपमा अवैध घोषित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment