Comments Add Comment

मोटोपना घटाउन अंगूर उपयोगी

graphesजिउ बढि मोटाउँछ भनेर अब तपाइँले आफ्नो मनपर्ने खानेकुराबाट टाढै रहनु आवश्यक छैन । संतृप्त चिल्लो पदार्थवाला आहारमा अंगूर समेत सामेल गरी तपाइँले मोटोपनाको खतरालाई कम गर्न सक्नुहुन्छ । साथै अंगूरको सेवनले पेटका लाभदायी व्याक्टेरियालाई पनि फाइदा मिल्दछ ।

शोधकर्ताहरुका अनुसार अंगूरको सेवन मुटुरोग, उच्च रक्तचाप तथा मधुमेहको जोखिम पैदा गर्ने उच्च बोसोयुक्त खानेकुराको नकारात्मक प्रभावसँग जुध्नमा निकै प्रभावकारी हुन्छ ।

शोधकर्ताहरुका अनुसार अंगूरमा एन्टिअक्सिडेन्ट तथा पोलिफिनाइल तत्व पाइन्छ । यसले सरीरमा बोसोको मात्रा, पेट तथा छालाको तलपटि्ट हुने बोसो र कलेजोमा हुने सुजनलाई कम गरी ग्लूकोज सहनशीलता बढाउँदछ ।

अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका मुख्य शोधकर्ता मिशेल म्याकान्टोसका अनुसार अंगूरले मोटोपना नियन्त्रणमा सहयोग गर्ने निष्कर्षसम्म पुग्नका लागि दुइवटा शोध गरिएको छ ।

यी शोधहरुबाट के ठहर गरिएको छ भने अंगूर तथा अंगूरमा हुने पोलिफिनाइल्सले उच्च चिल्लोयुक्त खाद्यपदार्थ उपभोग गर्दा सरीरमा पर्ने प्रभावलाई नियन्त्रण गर्दै पेट तथा जिउको समग्र स्वास्थ्यमा सुधार गर्दछ ।

न्युट्रीशनल बायोकेमेस्ट्री पत्रिमामा यस सम्बन्धी शोध प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment