Comments Add Comment

१ डलरमा बिक्दैछन् जिमेल तथा याहु प्रयोगकर्ताका लाखौँ डाटा

data_hackingविश्वका लाखौँ करोडौँ मानिसहरुका इमेल अकाउण्ट तथा अन्य वेबसाइटहरुका ह्याक गरिएका युजरनेम तथा पासवर्ड रुसको अन्डर वल्र्डमा बिक्रि भैरहेका छन् ।

अनलाइन सुरक्षा सम्बन्धी कम्पनी होल्ड सेक्युरिटीका संस्थापक तथा प्रमख सूचना सुरक्षा अधिकारी एलेक्स होल्डनले यसरी ह्याक गरेर बिक्रि भैरहेका २७ करोड २३ लाख अकाउण्ट मध्ये अधिकांस अकाउण्ट रुसी लोकप्रिय इमेल सेवा मेल डट आरयु डोमेनका रहेका छन् ।

गुगल, याहु तथा माइक्रोसफ्टका अकाउण्ट पनि बिक्रि भैरहेको भएपनि त्यो संख्या निकै कम रहेको उनले बताएका रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै चिनिया तथा जर्मन इमेल सेवा प्रदायकहरुपनि यसका सिकार बनेका छन् ।

दुइवर्ष पहिले अमेरिकाका ठूला बैंक तथा खुद्रा बिक्रेताहरुमाथि ठूलो साइबर हमला भएको छ । त्यसयता यसलाई इन्टरनेटमा मौजूद गोप्य जानकारीहरुको सबैभन्दा ठूलो चोरी मानिएको छ । होल्डनले यसअघि पनि विश्वमा डेटा चोरी सम्बन्धी सबैभन्दा ठूलो मामिलाको खुलासा गरेका थिए ।

पछिल्लो घटनाको खुलासा तब भएको छ जब होल्ड सेक्योरिटीका शोधकर्ताहरुले एक रुसी युवा ह्याकरलाई एक अनलाइन फोरममा चोरी गरेका डेटाको जानकारी दिइरहेकै बेला फेला पारे । उक्त ह्याकर अन्य जानकारी दिन पनि तयार थियो जसबाट उसले १ अर्ब १७ करोड वटा अकाउण्टका डेटाको सूचना लिक गर्न सक्छ ।

होल्डनका अनुसार उक्त रुसी युवा यस्तो महत्वपूर्ण जानकारीहरु कुनैपनि व्यक्तिलाई दिन तयार थियो जसले ह्याकर फोरममा उसको राम्रो शाख बनोस् । यस्ता जानकारीहरुको धेरैपटक दुरुपयोग हुने जोखिम रहनछ ।

उक्त रुसी युवा आश्चर्यजनक रुपमा ह्याक गरिएका यस्ता डाटालाई प्रतिडाटा ५० रुबल तथा एक डलर भन्दा पनि कम मूल्यमा बेच्न तयार थियो । रुसी इमेल प्रोभाइडर मेल डट आर यु ले आफुले यो घटनाको अध्ययन गरिरहेको र यस बारेमा जानकारी प्राप्त हुनासाथ प्रायेगकर्तालाई सचेत पारिने बताएको रोयटर्सले उल्लेख गरेको छ ।

माइक्रोसफ्टले यस्तो भयानक डाटा चोरी तथा बिक्रिलाई दुर्भाग्यपूर्ण वास्तविकता भनेको छ र तत्कालै जरुरी कदम उठाउनु आवश्यक रहेको जनाएको छ ।

होल्ड सेक्योरिटीले यो गम्भीर डाटा चोरीबाट सिकार बनेका संस्थाहरुलाई त्यसबारेमा जानकारी दिन सुरु गरिसकेको छ । ह्याकरकोे पन्जाबाट फुत्काएका यस्ता पीडित कम्पनीका डाटाहरुलार्य निकै कम मूल्य वा निशुल्क नै फिर्ता गरिने हेाल्ड सेक्योरिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment