Comments Add Comment

हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

himalayan-bank_11111111111२४ वैशाख, काठमाडौं । हिमालयनले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३१ करोड खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ९० करोड रुपैयाँमात्रै खुद नाफा कमाएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ४६ प्रतिशतले बढेको हो । बैंकको ब्याज आम्दानी र अन्य कारोबारबाट हुने आम्दानी बढेपछि नाफा उल्लेख्य बढेको हो ।

एक वर्षको अवधिमा बैंकको निक्षेप झन्डै १२ अर्ब रुपैयाँले बढेर ८१ अर्ब रुपैयाँ पुगेकोा छ भने कजर्न १० अर्ब रुपैयाँले बढेर ६५ अर्ब रुपैयाँ पुगेको शुक्रबार प्रकाशति वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको निस्क्रिय कर्जा अनुपात भने केही बढेको छ । ०७१ चैत मसान्तमा २.०२ प्रतिशत रहेको खराब कर्जा ०७२ चैतमा बढेर २.९८ प्रतिशत पुगेको छ ।

त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ३३.५१ र प्रति शेयर नेटवर्थ १८४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment