Comments Add Comment

वैद्य माओवादी फुटको संघारमा, बहुमतको निर्णयमा अघि बढ्ने बादलको तयारी

baidhya and badal

२४ वैशाख, काठमाडौं । एमाओवादीसँगको पार्टी एकतालाई लिएर मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुटको संघारमा पुगेको छ ।

अध्यक्ष बैद्यले बैठक टार्दै लगेपछि महासचिव रामबहादुर थापाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । एमाओवादीसँग एकता गर्नुपर्छ भन्ने पक्षको नेतृत्व बादलले गरिरहेका छन् ।

तर, अध्यक्ष बैद्यले महासचिव बादलले बोलाएको बैठकमा नआउन अर्को सर्कुलर जारी गरेका छन् ।

पार्टी एकताबारे छलफल गर्न बैद्य माओवादीको बैठक चैत १२ गतेदेखि बसेको थियो । तर, एकता पक्षधर हाबी भएको उक्त बैठक कुनै निर्णय नै नगरी एक महिनाका लागि स्थगित भयो । पार्टी एकता पक्षको दबाव टार्न बैद्यले बैठक स्थगित गरेका थिए ।

एक महिना कुर्दा पनि अध्यक्षले बैठक नबोलाएपछि बादल आफैं अघि सरेका छन् । उनले २७ गते बुद्धनगरस्थित पार्टी कार्यालयमा सम्पर्क गर्न र २८ गतेबाट केन्द्रीय समितिको बैठक सुरु हुने बताएका छन् । ‘सकेसम्म सहमतिबाट निर्णय हुन्छ नभए बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ’ बादल पक्षीय एक नेताले भने ।

बादल समूहको तयारी हेर्दा २८ गते वैद्य माओवादीमा औपचारिक फुट आउने देखिएको छ । प्रचण्ड माओवादीसँग एकता गर्ने बादलको लाइनमा सचिव देव गुरुङ, प्रवक्ता पम्फा भुसाल, नेताहरु हितमान शाक्य लगायतको समर्थन देखिएको छ ।

अध्यक्ष वैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, नेताहरु परि थापा, हरिभक्त कँडेललगायतको समूहले भने तत्काल प्रचण्ड माओवादीसँग एकता सम्भव नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment