Comments Add Comment

ट्याक्टरको ठक्करले आमा-छोरीको मृत्यु

रासस

२४ वैशाख, कञ्चनपुर गएराति कञ्चनपुरको बेलौरी नगरपालिका रामनगरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको

मृत्यु हुनेमा स्थानीय ३० वर्षीया अम्बिकादेवी साउद पाल उहाँकी दुई वर्षीया छोरी एलिसा पाल रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिए ।

से २९७६ नम्बरको मोटरसाइकलमा पति कल्याण सिंह पालसहित घर गइरहेका पाल दम्पतीलाई से ७८६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको मोटरसाइकल चालक कल्याण भने सकुशल रहेको प्रहरीले बताएको

ट्याक्टर चालक सुखराम राना ट्याक्टर प्रहरी नियन्त्रणमा छन् भने मतृक आमाछोरीको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment