Comments Add Comment

अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

वाशिंगटन डिसी । अमेरीकाको हेमार्केट शहरका लागि नेपाली मूलका मधुसुदन पन्थी योजना आयुक्तमा नियुक्त भएका छन् l 
 
Madhusudan-Panthiपन्थीलाई प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले गत अप्रिल २५ तारिख नियुक्त गरेका हुन् l पन्थीले गत मे ४ तारिख आधिकारिक रुपमा सपथ ग्रहण लिएका छन् l टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएकामध्ये ६ जना अमेरिकन मुलका छन् ।
झन्डै १५ बर्ष अगाडि अमेरिका परिवार साथ आइपुगेका पन्थी अर्घाखाँची गाबिस चिदिका ९, मधुखेल गाउँका हुन् । डिभी चिट्ठा परेपछि उनी अमेरिका आएका थिए ।
यस पदमा पुग्ने पहिलो नेपाली मुलको व्यक्ति बन्ने अवसर पाएका छन् उनले । यसरी नेपाली मुलका मानिस यति ठूलो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको बिषय भएको छ । आफू नियुक्त भएको जानकारी सामाजिक संजालमार्फत् सार्बजनिक गरेपछि उनलाई बधाई दिनेको अोइरो लागेको छ l
 
पत्नी, १ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशकदेखि हे भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन् । हेमार्केटको जनसंख्या २०१४ अनुसार २ हजार जति रहेको छ भने सन् २०१० को जनगणनाअनुसार करिब ६ सय घर तथा ५ सय जति परिवार रहेको आंकडाले देखाएको छ । उनको क्षेत्रमा करिब ११ प्रतिशत एसियन मुलका रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment