Comments Add Comment

बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल सुरु

budget
२४ वैशाख, काठमाडौं । आगामी आर्थिक बर्ष ०७३/७४को विनियोजित बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष ०७३/७४को बजेट तयारीका लागि विनियोजित विधेयकका कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता पेश गरेपछि त्यस माथिको छलफल सुरु भएको हो ।

छलफलमा सहभागी अधिकांश सांसदले सरकारले आफ्नो धरातल बिर्सिएर महत्वाकांक्षी विधेयक ल्याएको भन्दै सरकारको आलोचना गरेका छन् । उनीहरुले दृष्टिकोण, योजना र यथार्थ नबुझिकन बजेटमा प्राथमिकता निर्धारण गरिएको र त्यसै अनुरुपको लक्ष्य लिइएको आरोप लगाए । सत्ताको नेतृत्व गरेकै दल नेकपा एमालेका सांसदहरुले समेत सरकार अत्यन्तै महत्वकांक्षी भएको टिप्पणी गरेका छन् ।

एमाले नेता तथा सांसद माधवकुमार नेपालले सरकारका प्रतिवद्धता धेरै भएको आरोप लगाए । विकासका पूर्वसर्त लगानीका प्राथमिकता, योजना दृष्टिकोण र कार्यान्वयनको क्षेत्रमा सरकार चुकेको उनको तर्क थियो ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले अघिल्लो सरकारले सुरु गरेको दोश्रो चरणको आर्थिक सुधारको कर्यक्रम अघि नबढाएसम्म अपेक्षित आर्थिक विकासको लक्ष्य हासिल गर्न नसकिने दाबी गरे ।

बैठकमा धारणा राख्ने अधिकांश सांसदले सरकारका प्राथमिकता यथार्थपरक नभएका, कृषि र किसान केन्दि्रत नभएको, मुलुकको अर्थप्रणाली कस्तो हुने स्पष्ट नभएको, कृषिलाई आवश्यकता अनुसार प्राथमिकिकरण नगरिएको भन्दै प्रयाप्त संसोधन गर्न सुझाव दिएका छन् ।

विनियोजित विधेयकमाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ । विनियोजित विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफल शनिबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment