Comments Add Comment

व्यवसायीले सोधे-आयल निगमको भ्रष्टाचार कसले रोक्छ ?

उजुरी गरेर सहयोग गर्नुस्ःआपूर्ति सचिव

Petrolium-Delars-Association

२४ वैशाख, काठमाडौं । पेट्रोलियम व्यवसायीले नेपाल आयल निगममा भइरहेको भ्रष्टाचार रोक्न सरकारसँग माग गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियशनको ३९ औं बाषिर्क साधारणसभा तथा १५ औं राष्ट्रिय सम्मेलनमा व्यवसायीहरुले निगममा हुने भ्रष्टाचार र अनियमिततामा सरकारले आँखा चिम्लिएको आरोप लगाए ।

शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले सरकारलाई आयल निगममा भ्रष्टाचरविरुद्ध हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सुझाव दिए । व्यवसायीले निजी क्षेत्रलाई तेल आयातमा भित्र्याउने नाममा पुर्वाधारबिना नै स्वीकृति दिएको भन्दै आपत्ति जनाए ।

पेट्रोलियम क्षेत्रमा देखिएका समस्या पहिचान गरी सहि समाधानमा ध्यान केन्द्रित हुन पनि व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । साधारणसभामा आपूर्ति सचिव श्रीधर सापकोटालेे निजी क्षेत्रको सहयोग विना मुलुकको सम्मुनत विकासको कल्पना गर्न नसकिने भन्दै आयल निगममा हुने गरेको भ्रष्टाचार नियन्त्रणका लागि सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

व्यवसायीको सहयोग विना निगमको भ्रष्टाचार सरकार एक्लैले रोक्न नसक्ने उनको भनाइ थियो । सचिव सापकोटाले व्यवसायीलाई कसैले भ्रष्टाचार गरेमा तुरुन्तै आफुकहाँ उजुरी गर्न आग्रह समेत गरे ।

व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने सवालमा सरकारका तर्फबाट पनि थुपै्र कमी कमजोरी भएको स्वीकार गर्दै उनले आगामी दिनमा मन्त्रालयले त्यसलाई सुधार्दै जाने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment