Comments Add Comment

‘भुइँमान्छे’मा सिपोरासँग रमेश, पोष्टमार्टमको काम गर्ने व्यक्तिको जीवनी

bhumimanche (1)
रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सम्राट सापकोटा, प्रविन खतिवडा लगायतका कलाकारलाई लिएर चलचित्र ‘भूइँमान्छे’को घोषणा गरिएको छ । निर्देशक तथा कलाकार नीर शाहले चलचित्रको शुभसाइत गरे । पोष्टमार्टमो काम गर्ने एक व्यक्तिको जीवनमा यो चलचित्र आधारित रहनेछ । दैनिक लाससँग खेल्ने सो मानिसको मनोविज्ञान खोतल्ने काम चलचित्रले गर्नेछ ।

नवराज वुढाथोकीको कथा, पटकथा, संवाद र निर्देशन रहने यो चलचित्रका कार्यकारी निर्माता रोहिणी भट्टराई हुन् । हरि यादव र तिर्थ बोहोराले चलचित्रमा लगानी गर्नेछन् ।
जेठ १० गतेबाट चलचित्रको छायांन सुरु हुनेछ । चलचित्रमा देवेन्द्र राइको संगीत, विदुर पाण्डेको छायांकन, अष्ट महर्जनको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । नेपालमा आजसम्म यस्तो बिषयमा चलचित्र बनेको छैन । bhumimanche (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment