Comments Add Comment

सार्क बीमा सम्मेलन वैशाख ३० र ३१ गते काठमाडौंमा हुने

beema२४ वैशाख, काठमाडौं । यही वैशाख ३० र ३१ गते काठमाडौंमा सार्क राष्ट्रका बीमाका नियामकहरुको सम्मेलन हुने भएको छ ।

सार्क देशका बीमाका नियामक निकायहरुबीच सूचना आदानप्रदान तथा साझा धारणा तय गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले जानकारी दिए ।

‘खासगरी जलवायु परिवर्तन विश्वव्यापी समस्या बन्दै गएको छ,’ सम्मेलनबारे जानकारी दिने उद्देश्यले शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने- ‘भोग्दै आएका समस्याहरु साटफेर गर्ने र समस्याको न्यूनिकरण कसरी गर्न आपसी सहयोग र साझा रणनीति बनाएर अघि बढ्नमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

गत वर्षको वैशाख २५, २६ र २७ गते गर्ने भनिएको सम्मेलन बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगित गरिएको थियो ।

पहिलो सम्मेलन सन् २०१३ मा बंगलादेशको ढाकामा र दोस्रो सम्मेलन सन् २०१५ मा पाकिस्तानको कराँचीमा भएको थियो । अहिले नेपालमा हुन लागेको सम्मेलन तेस्रो हो ।

सम्मेलनमा सार्कका आठवटै राष्ट्रका बीमाको नियमन गर्ने संस्थाका प्रमुखहरु उपस्थित हुने केसीले जानकारी दिए ।

केसीका अनुसार सम्मेलनले सार्क राष्ट्रका नियामक निकायलाई बलियो बनाउने र बीमाको पहुँच विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

सम्मेलनमा विभिन्न देशका विज्ञहरुले विभन्नाभिन्नै विषयमा कार्यपत्र प्रस्तुत गर्ने र प्यानल बनाएर छलफल गर्ने केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment